अमेरिकाको टाईम म्यागाजिनद्धारा उत्तर कोरियाली नेता किमलाई बर्ष ब्यक्ति घोषणा

अमेरिकाको टाईम म्यागाजिनले उत्तर कोरियाली नेता किम जोन उनलाई बर्ष ब्यक्ति घोषणा गरेको छ ।

 

टाईम पत्रिकाले विश्वब्यापी रुपमा गरेको पाठक सर्वेक्षणका आधारमा किम बर्ष ब्यक्ति घोषणा भएका हुन् । सन् २०११ को डिसेम्बरमा उत्तर कोरियाका शासक बनेका किमले विश्वभरिबाट ५६ लाख मत पाएका छन् ।

 

उत्तर कोरियाले हालै रकेट सफलतापुर्वक प्रक्षेपण गरेपछि उनी झन् चर्चामा आएका छन् । टाईमले बर्ष ब्यक्तिमा बर्माकी प्रजातन्त्रबादी नेतृ आङसाङ सुकीलाई दोस्रो र पाकिस्तानी बालिका मलाला युसुफजाईलाई तेस्रो स्थानमा राखेको छ ।

 

– Agencies