पोखराथोक हीरक महोत्सवको तेस्रो दिन पुर्नमिलन कार्यक्रम सम्पन्न

– वीरेन्द्र केसी

 

पोखराथोक, अर्घाखाँची । नेपालकै तेस्रो तथा पश्चिमाञ्चलकै पहिलो विद्यालय हरिहर संस्कृत तथा साधारण उमाविको हीरक महोत्सव तथा ११२ औं जयन्तीको तेस्रो दिन आज भलिवल, हाजिर जवाफ सहित पुर्व विद्यार्थी तथा शिक्षकबीच पुर्नमिलन कार्यक्रम सम्पन्न भएको छ ।

 


 

विद्यालयमा अध्ययन गरेर विभिन्न पेशा व्यावसायमा रहेका र सरकारी निकायको उच्च तहमा पुगेका विशष्टि व्यक्तिहरुलाई सम्मान गरिएको छ । एक सय भन्दा बढीलाईबीच पुर्नमिलन कार्यक्रम सम्पन्न भएको थियो भने विशिष्टको रुपमा दोसल्ला ओडाएर सम्मानित रहेत भएका थिए । उनीहरुलाई महोत्सव मुल आयोजक समितिका अध्यक्ष अच्युत गौतमले दोसल्ला ओडाएर सम्मान गरेका थिए ।

 


 

पोखराथोकका स्थानीय हरिहर गौतमले शिक्षाको ज्योती फैलाउन पोखराथोक र कपिलवस्तुमा गरी ६८ विघा जग्गा सहित आफनै घरलाई दान दिएर विक्रम संवत १९९४ मा विद्यालय स्थापना गरेका थिए । नेपाल र भारतमा व्यापार गरेर कपिलवस्तु, बाँके बर्दिया र अर्घाखाँची गरी ६ हजार विघा जमिन जोडेका थिए । उनी नेपालकै तेस्रो धनी व्यक्तिमा पर्ने गौतमले सेता हात्ती नदिएकै कारण तत्कालिन राजा महेन्द्रले २०२१ सालमा क्रान्तिकारी भुमिसुधार ल्याई विद्यालयको नाममा समेत रहेको जग्गा खोस्न खोजेपछि सफल भएका नभएको गाउँलेको भनाई छ । सामान्य परिवारमा जन्मेका गौतम र उनका गुरु दधिराम मरासीनिको योजनामा स्थापना भएको विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु सरकारका मन्त्री र मन्त्रालयका सचिवसम्म भएपछि सरकारी क्षेत्रबाट वेवस्ता भएको प्राचार्य ठाकुरप्रसाद गौतमले बताए ।

 



कार्यक्रम कलाकार जीवन परियार, सुनिता परियार लगायतले लोक तथा दोहोरी गित गाएर उपस्थित दर्शकलाइृ भरपुर मनोरञ्जन दिएका थिए । महोत्सव भोली सकिने छ । समापन शान्ति मन्त्री टोपबहादुर रायमाझीले गर्नेछन ।
 



कार्यक्रम शिक्षक बलाराम गौतमको सञ्चालन, अच्युतराज गौतमको स्वागत र अध्यक्ष अच्युत गौतमको अध्यक्षमा सम्पन्न कार्यक्रममा प्रमुख अथिति साहित्यकार मोदनाथ प्रश्रित रहेका थिए ।

 

 




Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।





अन्य समाचारहरु