सन्धिखर्कमा शिक्षकहरुका लागि अभिमुखीकरण

– प्रेमनारायण आचार्य

 

सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा शिक्षकहरुकालागि सरसफाइ सम्बन्धि अभिमुखीकरण कार्यक्रम आज देखि शुरु भएको छ ।


अर्घाखाँची जिल्लालाई सन २०१४ भित्र खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने निर्णय अनुसरा जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति अर्घाखाँची र जिल्ला शिक्षा कार्यलय अर्घाखाचीको आयोजनामा कार्यक्रम सुरु भएको हो ।


 तालिमको जिल्ला शिक्षा कार्यलयका बलराम मिश्र, इकार्डस नेपालका गोपाल घिमिरे, कृष्ण जिसी, नेस्टका आरोग्य बजीमय , प्रकास सचेतन समुह प्रागका बाबुराम शर्मा , प्रेमनारायण गैरे, लगायतले सहजीकरण गरिरहेका छन ।

 
तालिममा धारापानी, नुवाकोट, खिल्जी, बागी, खन, खनदह, सुवर्णखाल, सितापुर, धातिबांग, धाचौर, पाली , अडगुरी लगायतका शिक्षकहरुको सहभागिता रहेको छ ।

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।





अन्य समाचारहरु