अर्घा रजस्थल माविको बार्षिक उत्सव: गतिरोधको अन्त्यको लागी जस्तोसुकै त्याग गर्न सरकार तयार रहेको मन्त्री रायमाझीको भनाई

– शोभाखर पन्थी

 

अर्घा, अर्घाखाँची  ।  शान्ती तथा पुन निर्माण मन्त्री टोप बहादुर रायमाभीले मुलुकमा विद्यमान राजनितिक गतिरोधको अन्त्यको लागी जस्तोसुकै त्याग गर्न पनि सरकार तयार रहेको बताउनु भएको छ ।

 

अर्घा रजस्थल मावि अर्घाखाँचीको ३८ औं बार्षिक उत्सव तथा अभिभावक दिवसको उद्घाटन गदैं उहाले राजनितिक र संवैधानिक गतिरोधको अन्त्यको लागी दलहरु मिलेर अगाडी बढ्नुको कुनै विकल्प नभएको बताउनु भयो ।

 
एकिकृत नेकपा माओवादीका नेता समेत रहनु भएका रायमाझीले लामो समय सम्म राजनितिक गतिरोध कायम राख्नु मुलुकका लागी घातक हुने बताउदै, सहमतिका लागी आफ्नो पाटीले हदै सम्म लचिलो हुने निर्णाय गरेको बताउनु भयो ।


नेपाली काङ्रेस नेकपा एमाले लगायतका केहि विपक्षी दलहरुले सहमतिको लागी अगाडी बढ्नुको सट्टा सत्ता हत्याउने कसरतमा मात्र लागेको मन्त्री रायमाझीको आरोप थियो । संविधान सभाबाट निर्वाचित वर्तमान संवैधानिक सरकारलाई चौतर्फी घेरावन्दी गरी जनताको पक्षमा काम गर्न नदिएको रायमाझीको गुनासो थियो ।


उहाले दिगो शान्ती ,संविधान निर्माण र गणतन्त्रको संस्थागत विकासको लागी एकिकृत नेकपा माओवादीलाई आगामी निर्वाचनमा दुई तिहाई मत दिएर पठाउनु पर्ने बताउनु भयो । आगामी बैशाखमा निर्वाचन हुने रायमाझीको दावी थियो । शिक्षाको क्षेत्रमा थुप्रै समस्याहरु रहेको बताउदै उहाले सवैखाले समस्या समाधानका लागी सरकारले पहल गरिरहेको बताउनु भयो ।


     विद्यालय व्यवस्थापन समितीका अध्यक्ष भक्ती प्रसाद आचार्य राजु नेपाली को अध्यक्षता र सहायक प्रधानाध्यापक छविलाल चुदालीको संचालनमा संपन्नकार्यक्रममा जिल्ला शिक्षा अधिकारी मित्रमणी खनाल, एकिकृत नेकपा माओवादीका जिल्ला संयोजक गोविन्द केसी प्रकाश, राज्य समिती सदस्य राजेन्द्र भुसाल थ्रि एङ्गल संस्थाका कोषाध्यक्ष मदन थापा लगायतका वक्ताहरुले मन्तव्य राख्दै, शैक्षिक गुणस्तर वृद्धिमा विद्यालयले पु

अन्य समाचारहरु