– कृष्ण खनाल
बुटवल नगरपालिका तथा आसपासका क्षेेत्रमा विना दर्ता संचालित फर्निचर उद्योगहरुलाई कारवाही गरिने भएको छ ।
शुक्रवार बसेको सरोकारवाला सरकारी कार्यालय प्रमुख र फर्निचर उद्योगीहरुको भेलाले कानून विपरित ढंगले विना दर्ता संचालित उद्योगहरुलाई तत्काल कारवाही गर्ने निर्ण्र्ाागरेको हो ।
बुटवल फर्निचर उद्योग संघका अध्यक्ष र्सर्ूयशर्मा सुवेदीको अध्यक्षतामा भएको अर्न्तक्रिया कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका प्रमुख उद्योग अधिकृत रुद्रबहादुर मल्ल, आन्तरिक राजस्व कार्यालय बुटवलका कर अधिकृत सुरेश कुमार रेग्मी, इलाका वन कार्यालय बुटवलका कृष्ण प्रसाद गौतम , बुटवल उद्योग बाणिज्य संघका सचिव दिनेश श्रेष्ठ, रुपन्देही उद्योग संघका अध्यक्ष तेज कुमार पाठक, उद्योग संघका सल्लाहकार वोनिन पिया, लगायतले फर्निचर उद्योग संचालनमा देखिएको समस्या समाधानका बारेमा आ- आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा संघका प्रथम उपाध्यक्ष माधबप्रसाद पोडेलको स्वागत, द्वितीय उपाध्यक्ष नरेशकुमार श्रेष्ठको धन्यवाद तथा महासचिव विष्णुप्रसाद पाण्डेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।