प्रधानमन्त्री भट्टराईद्धारा आगामी बैशाख मसान्तभित्र निर्वाचन गर्ने गरी दलहरुबीच प्याकेजमै सहमति हुने दाबी

 काठमाडौं  । प्रधानमन्त्री डा.बाबुराम भट्टराईले आगामी बैशाख मसान्तभित्र निर्वाचन गर्ने गरी दलहरुबीच प्याकेजमै सहमति हुने दाबी गरेका छन् ।

 

आज काठमाडौको गोलढुंगामा महिला मञ्चको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्री भट्राईले दलहरुबीच नयाँ बजेटको खाकासहित प्याकेजमै सहमति हुन लागेको दाबी गरे ।
 
निर्वाचनलाई सुनिश्चित गर्न राष्ट्रपतिले बाधा अड्काउ फुकाउनु पर्ने उल्लेख गर्दै उनले स्वतन्त्र र धाँधलीरहित निर्वाचनका लागि आफु जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताए ।

 

सोही कार्यक्रममा प्रधानमन्त्री पत्नी तथा एकीकृत माओवादीकी नेतृ हिसिला यमीले बिधि र नीतिको पालना नगरे राष्ट्रपतिलाई मात्रै नभई प्रधानमन्त्रीलाई पनि पदमा बस्ने अधिकार नभएको बताइन्
 
कार्यक्रममा प्रधानमन्त्री भट्टराईले श्रद्धा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवनिर्मित भवन पनि उद्घाटन गरेका थिए ।

 

– RSS