पाकिस्तानको पेशावर बिमानस्थलमा गरीएको रकेट आक्रमणमा छ जना मारिएका छन् भने ३० भन्दा बढी घाइते भएका छन् ।
आक्रमणका कारण बिमानस्थल वरिपरिका केही घरमा पनि क्षति पुगेको छ ।
रकेट आक्रमण लगत्तै बिमानस्थलका कर्मचारीहरुमा भागदौड मच्चिएको थियो । घटना लगत्तै बिमानस्थलको सुरक्षाब्यबस्था कडा बनाईएको छ ।
घटनाको जिम्मेबारी कसैले पनि लिएको छैन । यद्दपी तालीवान बिद्रोही र लश्कर ए इस्लामले पेशावरको सरकारी प्रतिष्ठानलाई निशाना बनाइरहेकोले उनीहरुकै हात रहन सक्ने अनुमान गरिएको छ ।
– Agencies