पोखराथोक, अर्घाखाँची । अर्घाखाँचीको पोखराथोक स्थित नेपालकै तेस्रो तथा पश्चिमाञ्चलको पहिलो हरिहर संस्कृत तथा साधारण उमाविको हीरक महोत्वस सम्पन्न भएको छ।
समापन समारोहका प्रमुख अथिति शान्ति मन्त्री टोप बहादुर रायमाझी थिए।
यसैगरी समापन कार्यक्रममा कलाकार जीवन परियार र सुनिता परियारले गाएको गितमा शान्ति मन्त्री टोप बहादुर रायमाझी, पुर्व मन्त्री मोदनाथ प्रश्रित, महोत्सव समारोह समितिका अध्यक्ष अच्युत गौतम लगायत छमछमी नाचेका थिए ।
चार दिनसम्म चलेको महोत्सवकोको उदघाटन राष्टपति डा.रामवरण यादव, विद्यालयमा पुस्तकालयको शिक्षा मन्त्री दिननाथ शर्माले गरेका थिए ।
उक्त विद्यालयमा पढेका विद्यार्थी ३ जना मन्त्री, एक सभासद, २ मन्त्रालयका सचिव, १५ उपसचिव, २० सह सचिव लगायत डाक्टर वलिक, पत्रकार प्राध्यापक भएका छन।
पोखराथोक शैक्षिक क्षेत्रमा अग्रण् स्थानमा छ । १९९४ मा स्थानीय दधिराम मरासीनिको योजना र हरिहर गौतमले ६९ विघा र आफनो घर दान दिएर विद्यालय स्थापना गरेका थिए ।
Editor Birendra KC contributed to this report.
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।