कर्णाली अञ्चलको विकट पहाडी जिल्ला मुगुमा पहिलो पटक गाडी पुग्यो, सडकमार्ग जोडिने ७३ औं जिल्ला

मुगु । कर्णाली अञ्चलको विकट पहाडी जिल्ला मुगुमा आज पहिलो पटक गाडी पुगेको छ । कर्णाली राजमार्ग अन्तर्गत पर्ने कालीकोटको नाग्मदेखि मुगुको गमगढी सम्मको ९४ किलोमिटर सडकको ट्रयाक खोल्ने काम पूरा भएको हो । नेपाली सेनाले निर्माण गरेको सडकको आज गमगढीमा आयोजित समारोहमा प्रधानमन्त्री बाबुराम भट्टराईले उद्घाटन गरे ।


त्यस क्रममा प्रधानमन्त्री भट्टराइले सडकको स्तरोन्नतीका लागि सरकारले जस्तोसुकै सहयोग गर्ने बताए । प्रधानमन्त्रीले अब हुम्ला र डोल्पा जिल्ला मात्रै सडक मार्गबाट जोडिन बाँकी रहेको भन्दै ती जिल्लामा सडक पु