हाम्रो गौरब

कल्पना पौडेल “जिज्ञासु”
गैडाकोट,४,नवलपरासी
हाल:इजरायल

 

 हाम्रो गौरब त्यो सगरमाथामा सिर छ
लेख मैदान तराइ पहाडमा भिर छ


लाली गुरास धकमक्क फुल्ने बन पाखा
मेची कोसी सेती नदी गण्डकीको तिर छ


गरीब जनतालाई हात्मुख जोड्नु छैन
पुजिपती सामन्तिलाई दिनहु खिर छ


हाम्रै खुन पसिनाको धुकुटी रित्त्याएर
नामर्द नेतालाई देस बिदेस फिर छ


धैर्यताको सिमा नाघे पछी अत्याचारले
मन्त्रीको गाला पनी चड्काउने वीर छ