LIVE: अमेरिकी राष्ट्रपति बाराक ओबामा आम नरसंहार भएको कनेक्टिकट राज्यमा
पौष २ गते, २०६९ मा प्रकाशित
LIVE: कनेक्टिकट राज्यमाबाट प्रत्क्षय भिडियो लाईभ । अमेरिकी राष्ट्रपति बाराक ओबामा गोलीकाण्ड भएको कनेक्टिकट राज्यमा ।
अमेरिकाको कनेक्टिकट राज्यमा भएको गोलीकाण्डपछि बिद्यालयमा बम राखेको र गोलाबारीको योजना बनाएको आरोपमा एक बिद्यार्थीलाई पक्राउ गरिएको छ । ओक्लोहामा राज्यका एक छात्र लाई गोलाबारीको योजना बनाईरहेको अवस्थामा पक्राउ गरिएको हो । १८ बर्षिय ती छात्रले आफना बिद्यालयका छात्राहरुमाथि गोलाबारीको योजना बनाएको र योजनामा साथ नदिने छात्रालाई गोली हान्ने धम्की दिइरहेको खुलासा भएको छ ।
कनेक्टिकट राज्यमा भएको गोलाबारीपछी अमेरिकी सुरक्षाकर्मीहरुले प्रत्येक बिद्यालयमा छापा मारी शंकास्पद ब्यक्तिलाई नियन्त्रणमा लिने कार्यलाई तीब्रता दिएको छ । यता कनेन्टिकट राज्यको बिद्यालयमा भएको गोलाबारीमा मारिएकाहरुको सनाखत भएको बताईएको छ । त्रासदीपूर्ण यो हत्याकाण्डपछी अमेरिकाको झण्डा आधा झुक्याइएको छ ।
कनेक्टीकट राज्यस्थित उक्त स्कूलमा बन्दूकधारीले चलाएको गोली लागेर मारिनेमा २० जना बालबालिका र ६ जना अरु व्यक्ति छन् । न्यूटाउनको सेन्डी हूक एलिमेन्ट्री स्कूलमा गरिएको यो हत्या अमेरिकी इतिहासमै भएको ठूलो सामूहिक हत्याकाण्ड मध्येको एक मानिएको छ । अदाम नाम गरिएका २० वर्षे युवकले आफ्नी आमाले पढाउने स्कूल र कक्षालाई निशाना बनाएको हो । घटनामा आक्रमणकारीको आमा नान्सी लान्जा पनि मारिएकी छन् । उक्त स्कूलमा पाँचदेखि दश वर्षका बालबालिका मात्र अध्ययन गर्दथे ।
घटनाबाट दुःखी बनेका अमेरिकी राष्ट्रपति बाराक ओबामाले देशलाई नै ठूलो धक्का लाग्ने यस्ता कुकृत्य हुन नदिन कडा कदम चाल्नुको विकल्प छैन भन्नुभयो । पत्रकार सम्मेलनमै आँशु झार्दै ओबामाले मारिएका बालबालिकाको परिवारप्रति समवेदना व्यक्त गर्न आफूसँग कुनै शब्द नभएको र जस्तै शब्दले पनि घटनाको पीडा कम गर्न नसक्ने बताउनुभयो ।