अमेरिकी राष्ट्रपति बाराक ओबामाले कनेक्टिकट राज्यमा गोली काण्ड भएको विद्यालयको निरीक्षण गर्नुभएको छ ।
उहांले घटनास्थलमा मृतकका आफन्त र आपत्कालीन उद्धारकर्ताहरुसंग भेटी राष्ट्रका तर्फबाट पीडितहरुको पक्षमा प्रार्थना पनि गर्नुभएको छ ।
शुक्रवार न्युटाउन शहरको स्याण्डी हुक नामक प्राथमिक विद्यालयमा एक युवकले अन्धाधुन्ध गोली चलाउंदा २० बालबालिकासहित २७ जनाको मृत्यु भएको थियो । ओबामाले अभिभावक र कर्मचारीहरुलाई सम्बोधन गर्दै सिंगो राष्ट्र घटनाका पीडितहरुसंगै रोईरहेको बताउनुभयो ।
गत शुक्रबार २० बर्षीय युवक आदम्स लान्जाले अद्र्ध स्वचालित बन्दुकको प्रयोग गरी आफ्नी आमाको हत्या गरेपछि विद्यालयमा प्रबेश गरी नरसंहार मच्चाएर आत्महत्या गरेका थिए । राष्ट्रपति ओबामाले शुक्रवारबो घटनाको सन्दर्भमा हतियारमाथि नियन्त्रण गर्नुपर्ने बेला आईसकेको बताउनु भएको छ ।
अमेरिकामा ब्यक्तिगत सुरक्षाका लागि प्रत्येक नागरिकले आफुसंग हतियार राख्न सक्ने कानुन रहेकोमा पििछल्ला दिनहरुमा त्यस्ता हतियारले नरसंहारका घटना बढ्न थालेपछि ब्यक्तिगत हतियारबारे विवाद बढ्न थालेको छ ।
– Agencies