जापानमा विपक्षी लिवरल डेमोक्रेट पार्टी एलडीपीले भारी बहुमत हासिल

जापानमा हिजो संसदका लागि भएको निर्वाचनमा विपक्षी लिवरल डेमोक्रेट पार्टी एलडीपीले भारी बहुमत हासिल गरेको छ ।

 

मत गणना नतिजा अनुसार पूर्व प्रधानमन्त्री शिन्जो अबेको पार्टी एलडीपीले तल्लो सदनमा २ सय ९४ सीटमा विजय हासिल गरी आफ्ना सहयोगी दलहरुसहित दुई तिहाई स्थान पक्का गरेको छ ।

 

निर्वाचनमा वर्तमान प्रधानमन्त्री योशिहिको नोडाको डेमोक्रेटिक पार्टीले नमिठो पराजय ब्यहोररे नोडाले राजीनामा गर्न लागेको क्योडो समाचार समितिले जनाएको छ । डेमोक्रेपटक पार्टीले ठूलो हार ब्यहार्दै ५७ सीटमा चित्त बुझाउनु पर्ने भएको छ । विपक्षी नेता पूर्व प्रधानमन्त्री शिन्जो अबेले चीनसंगको सीमा विवादमा कडा टक्कर लिने र अर्थतन्त्र सुधार्ने भनी मतदाताहरुमा गरेको अपीलले निर्वाचनको परिणाममा असर पारेको बताईएको छ । निर्वाचनमा बिजयपछि प्रतिक्रिया ब्यक्त गर्दै एलडीपीका नेता अबेले आफ्नो पार्टीमाथि गंहन जिम्मेवारी आईपरेको भन्दै जापानी अर्थतन्त्रको सुधारमा आफ्नो ध्यान केन्द्रित गर्ने जनाएका छन् ।

 

निर्वाचनपछि जापानी शेयर बजार उकालो लागेको छ । सन् २००९ मा लिवरल डेमोक्रेटिक पार्टीको ५० वर्षे शासनलाई पहिलो पटक सत्ता बाहिर पु-याउँदै डेमोक्रेट पार्टी सरकार गठन गर्न सफल भएको थियो । तर सत्तामा पुगेपछि डेमोक्रेटिक पार्टीभित्र उत्पन्न राजनीतिक खिचातानीका कारण तीन बर्षे कार्यकालमै तीन जना प्रधानमन्त्री फेरिएका थिए ।

 

– Agencies