पाकिस्तानको खाइबर प्रान्तको व्यस्त जाम्रुद शहरमा कार बम विष्फोट, १६ जना मारिए

 पाकिस्तानको उत्तर पश्चिम खाइबर प्रान्तको व्यस्त जाम्रुद शहरमा गराइएको कार बम विष्फोटमा परि कम्तिमा १६ जना मारिएका छन् ।

 

स्थानिय प्रशासन भवन नजिकै गराइएको विष्फोटमा घाईते भएकाहरुको पेशावर अस्पतालमा उपचार भैरहेको अधिकारीहरुले जनाएका छन् ।

 

विष्फोटको जिम्मा कसैले लिएको छैन । पेशावर विमानस्थलमा तालिवान लडाकुले गरेको भीषण आक्रमणको १५ घण्टा नबित्दै यो विष्फोट भएकाले उनीहरु थप आक्रमणमा प्रयासमा रहेको अधिकारीहरुले अनुमान गरेका छन् । 

 

– Agencies