राजपरिषद् स्थायी समितिका सभापति केशरजंग रायमाझीको ९३ वर्षको उमेरमा निधन


 

काठमाडौं – राजपरिषद् स्थायी समितिका सभापति केशरजंग रायमाझीको ९३ वर्षको उमेरमा निधन भएको छ।


केहीदनि अघि छातिमा समस्या भएपछि उनलाई राजधानीको हिमाल अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार आएको भन्दै गत शुक्रबार रायमाझीलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।

 

विक्रम संवत् १९८३ सालमा पाल्पाको तानसेनमा जन्मिएका रायमाझी नेपाल कम्युनिष्ट पार्टीका संस्थापक केन्द्रीय सदस्य थिए । कलकत्तामा पढ्दै गर्दा २००४ सालमा माक्र्सवादी स्टडी सेन्टर स्थापना गरेर कम्युनिष्ट राजनीतिमा लागेका रायमाझी २०१० सालमा नेपाल कम्युनिष्ट पार्टीको महासचिव बनेका थिए ।


तर, रायमाझीको कार्यकालबाटै कम्युनिष्ट पार्टीमा चिरा पर्न थालेको थियो । २०१७ सालमा राजा महेन्द्रले संसदीय व्यवस्था मासेर पञ्चायती व्यवस्था लागू गरेपछि उनी दरबारतर्पm ढल्किएका थिए भने पछि रायमाझी तत्कालीन दरबारको विश्वासपात्र बनेका थिए ।

 

२०४६ सालमा मुलुकमा बहुदलीय व्यवस्था पुनर्वहाली भएपछि बनेको मन्त्रिपरिषदमा रायमाझी दरबारको तर्पmबाट शिक्षामन्त्री बन्नु समेत बनेका थिए ।

– RSS