नेपाली काँग्रेसले सहमतीय सरकार निर्माणका लागि प्रधानमन्त्री डा. बाबुराम भट्टराई बाधक बनेको आरोप लगाएको छ । महाराजगञ्जस्थित सभापति सुशील कोइरालाको निवासमा सोमवार बसेको काँग्रेस पदाधिकारीको वैठकले काँगेस र एमाओवादीवीच आइतवार भएको सहमतिवाट पछि हटेर प्रधानमन्त्रीले राजीनामा दिन अस्वीकार गरेकाले सहमतिको वातावरण फेरि बिग्रिएको निष्कर्ष निकालेको हो ।
वैठकपछि सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै काँग्रेस नेता डा रामशरण महतले एकीकृत माओवादीका उपाध्यक्ष समेत रहेका वर्तमान प्रधानमन्त्री बाबुराम भट्टराईले एमाओवादीसंग भएको सहमतिलाई अस्वीकार गर्दै राजीनामा नदिने वताएपछि सहमतिको वातावरण तत्कालका लागि बिग्रिएको वताउनुभयो । उहाँले भन्नुभयो,