– प्रेमनारायण आचार्य
अर्घाखाँचीको धारापानी गाविसमा गाउ स्तरिय खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
गाउ स्तरिय अभिमुखीकरण कार्यक्रममा स्वस्थ र सरसफाइ सभयताको पहिचान एक घर एक चर्पी धारापानीबासीको अभियान गाविसको नारा पनि तय गर्दै २०७० बैसाख मसान्त सम्म धारापनी गाविसलाइ खुल्ला दिसामुक्त गर्ने निर्णय पनि भएको छ ।
पहिलो खुल्ला दिसामुक्त घोषणा गर्ने वाडलाइ २५ हजार, दोस्रोलाइ २० हजार र तेस्रो लाइ १५ हजार पुरस्कार दिने पनि निर्णयगर्दै राजनितिक दलहरुले सरसफाईलाइ छलफलको एजेण्डा बनाउने भएका छन । त्यस्तै पहिलो खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्ने बिद्यालय सेबा क्षेत्रलाइ १७ हजार, दोस्रोलाइ १३ हजार र चौथोलाइ १० हजार पुरस्कार दिने पनि निर्णयभएको छ ।
इकार्डस नेपाल र प्रकास सचेतन समुह प्राग अर्घाखाँचीको सहजीकरणमा सम्पन्न भएको कार्यक्रमको सहजीकरण इकार्डस नेपालका गोपाल प्रसाद घिमिरे, प र सिसेकक र नेस्टका सहज कर्ता प्रेम आचार्यले गरेका हुन ।
अर्घाखाँचीलाई सन २०१४ भित्र खुल्ला दिसा मुक्त जिल्ला घोषणा गर्ने कार्यक्रम अनुसार सुरु भएको अभिमुखिकरण कार्यक्रम गाउ स्तरिय खानेपानी तथा स्वच्छता समन्वय समितिका ३५ जनाको सहभागिता रहेको थियो ।
गाउ स्तरिय खानेपानी तथा स्वच्छता समन्वय समितिका अध्यक्ष जीबनारायण चुदालीको अध्यक्षतामा सम्पन भएको कार्यक्रमको समापन समारोहमा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सागर केसीले मन्तब्य ब्यक्त गर्नु भएको छ ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।