चितवन । चितवनको माडी क्षेत्रमा आतंक मच्चाउंदै आएको जंगली हात्ती मार्न गाविसले कुनै पहल नगरेको भन्दै स्थानीय वासिन्दाले गर्दी गाविसको कार्यालयमा तोडफोड गरेका छन् । उनीहरुले कार्यालयमा रहेका कागजपत्र र फर्निचर पनि जलाउनुका साथै इलाका प्रहरी कार्यालयमा पनि तोडफोड गरेका छन् ।
माडीवासीको प्रदर्शनका कारण माडी क्षेत्र आज दिनभर तनाब ग्रस्त बनेको छ । त्यस क्षेत्रमा आंतक मच्चाउंदै आएको ध्रुवे नामको हात्तीलाई तत्काल मार्न माग गर्दै उनीहरुले गत आईतबारदेखि प्रदर्शन गर्दै आएका हुन् ।
धु्रवे हात्तीले चितवन राष्ट्रिय निकुन्जसंग जोडिएका चितवन, बारा, पर्सालगायतका जिल्लामा अहिलेसम्म १५ जनाको ज्यान लिईसकेको छ ।