सहमतिको सरकार गठनको विषयमा एकीकृत माओवादीका पुष्पकमल दाहाल र प्रधानमन्त्रीबीच विवाद

काठमाडौं  । सहमतिको सरकार गठनको विषयमा एकीकृत नेकपा माओवादीको शीर्ष नेतृत्वबीच विवाद बढ्दै गएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री तथा उपाध्यक्ष डा. बाबुराम भट्टराई पक्षबीच सहमतिको सरकार गठनको विषयमा विवाद वढेको हो ।


अध्यक्ष प्रचण्डले तत्काल सरकार छोड्न गरेको आग्रहलाई भट्टराइले अस्वीकार गरेपछि विवाद सतहमै आएको स्रोतको दाबी छ । भट्टराइमाथि दबाब सृजना गर्न प्रचण्डले आज आफु निकटका नेताहरुसँग छलफल गरेका छन् ।


प्रचण्ड निवासमा भएको छलफलमा प्रधानमन्त्री भट्टराइलाई बोलाइए पनि उनी सहभागी भएनन् । प्रधानमन्त्री सहभागी नभएको माओवादी नेताहरुको बैठकले सहमतिका लागि हदैसम्म लचिलो हुने निर्णय गरेको प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए ।
 
प्रवक्ता सापकोटाले प्रधानमन्त्री पार्टी निर्णय भन्दा माथि नहुने भन्दै पार्टी नेताले पार्टी निर्णय मान्नुपर्ने पनि बताए ।
 
प्रचण्ड निवासमा पार्टी नेताहरुबीच छलफल भइरहँदा प्रधानमन्त्री भट्टराई भने सिंहदरवारबाट राष्ट्रपति डा. रामवरण यादवलाई भेट्न सिधै शीतल निवास पुगेका थिए । राष्ट्रपतिसँगको भेटपछि प्रधानमन्त्री भट्टराइले आफु सहमतिको बाधक नरहेको दोहो