खनदहका २ र ३ वार्ड खुल्ला दिसामुक्त क्षेत्र घोषणा


 

-प्रेमनारायण आचार्य

 

खनदह, अर्घाखाँची । अर्घाखाँचीको खनदह गाविसको वार्ड न. २ र ३ खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएका छन । खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएको खुसियालीमा स्थानीय बासिन्दाहरु पञ्चेबाजा बजाएर छमछमती नाचेका छन । 

 


 

दुइ वटै वार्डमा छुटा छुटै औपचारिक कार्यक्रमको आयोजना गरि २ वटा वाड, शिसु कल्याण प्राबी र सरस्वती प्राबी  २ वटा बिद्यालयको सेबा क्षेत्र खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएका हुन ।

 



खनदह गाविसलाइ आउदो माघ मसान्त सम्म खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने निर्णण् अनुसार २ वटा वार्ड र २ वटा बिद्यालयको सेबा क्षेत्रलाइ खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको गाविस सचिब तथा गाविस स्तरिय खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिका अध्यक्ष कमलबहादुर चौहानले बताउनु भयो ।

 



कार्यक्रममा जिल्ला शिक्षा कार्यलयका उपसचिब नरेन्द्र बेल्बासे, जिबिसको योजना अधिकृत हरिसचन्द्र भुसाल, जिल्ला स्वास्थय कार्यलयका जनस्वास्थ्य निरिक्षक लिला गौतम, जिल्ला खानेपानी कार्यलयका इन्जिनियर मात्रिका गौतम, खुल्ला दिसामुक्त अभियानका  प्रेमनारायण गैरे, स्थानीय अगुवाहरु  जीबन कुमार चौहान, भेसराज खनाल, मोतीबहादुर खनाल, यमलाल खनाल, नारायण खनाल लगायतले मन्तब्य राख्नु भएको थियो ।

 




 

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।






अन्य समाचारहरु