प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आफुले तत्काल राजिनामा नदिने बताउनु भएको छ । आफुले राजिनामा दिंदा मुलुक संकटमा फस्ने दाबी गर्देै उहाले सत्तारुढ दलले पनि राजिनामा नदिन सुझाव दिएको उहाको भनाई छ ।
बालुवाटारमा पत्रकारहरुसंगको विशेष भेटमा प्रधानमन्त्री भट्टराईले एकिकृत नेकपा माओवादीले आफुलाई फिर्ता बोलाउने निर्णय पनि गर्न नसक्ने उहाँले बताउनुभयो । बिपक्षी दलहरुले सत्तालाई नै मुख्य केन्द्र बिन्दु बनाएकोले सहमति जुट्न नसक्ने बताउदै उहाँले छलफल जारी रहेकोले केही दिनमै सहमति जुट्ने विश्वास व्यत गर्नुभयो । पार्टीको सबै निर्णय आफुले स्विकार गर्ने भएकोले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आफ्नो मनमुटाव नरहेको पनि उहाँले दाबी गर्नुभयो ।