– प्रेमनारायण आचार्य
अर्घाखाँची जिल्लाको खनदह गाविस वडा नम्वर २ मा रहेको शिशुकल्याण प्राथमिक विद्याालय आफ्नो विद्यालय सेवा क्षेत्रलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने जिल्लाकै पहिलो विद्यालय भएको छ ।
आफ्नो सेवा क्षेत्र भित्र रहेका ९३ घरधुरी सबैमा सुरक्षित -पक्की) चर्पी निर्माण कार्य सम्पन्न भएपछि खुल्ला दिसामुक्त क्षेत्र घोषणा कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीका उपसचिव एवं कार्यक्रम प्रमुख नरेन्द्र बेल्बासेले सो विद्यालय नैं जिल्लामा आफ्नो सेवा क्षेत्रलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने पहिला विद्यालय भएको घोषणा गरेका थिए ।
उनले खुल्ला दिसामुक्त क्षेत्र घोषणामा मात्र नभइ पूर्ण सरसफाइमा पनि पहिलो सफलता प्राप्त गर्न सकोस भन्ने शुभकामना दिदै विद्यालय शैक्षिक एवं पुर्वाधार विकासमा जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीले विशेष ध्यान पुर्याउने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।
हाम्रो गौरव हाम्रो स्वाभिमान : खुल्ला दिसामुक्त अर्घाखाँची हाम्रो अभियान भन्ने मूल नाराका साथ सन् २०१४ सम्म अर्घाखाँची जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति अर्घाखाँचीको निर्णयलाई साथ दिदैं विद्यालयको अगुवाइमा पूर्ण सरसफाइ अभियान अर्न्तर्गत इकार्डस काठमाण्डौं र प्राग अर्घाखाँचीको सहजिकरणमा टोल, वस्ती, विद्यायल सेवा क्षेत्र, गाविस हुँदै जिल्लालाई नैं खुल्ला दिसामुक्त घोषणा गर्ने लक्ष्य सहित यस विद्यालय सेवा क्षेत्रलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको घोषणा कार्यक्रमकोे क्रममा बताएका थिए ।
विद्यालयका प्रधनाध्यापक पीताम्बर पोखरेलको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम खनालको संचालनमा भएको भव्य एवं रमणीय घोषणा सभामा आफूहरुको कामको सफलता सुनाउदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम खनालले इकार्डस नेपाल र प्राग अर्घर्ााँचीले जिल्ला एवं गाउँमा शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक, बालबालिका, वडानागरिक मंच, नागरिक सचतना केन्द र राजनीतिक दलका नेताहरुलाई दिएको तालिम एवं पटक पटकको सहजिकरण तथा गाविस सचिव कमल चौहानले लिएको संकल्पले यस अभियानमा आफूहरुलाई उत्साहित गरेको र छोटो समयमै खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्न सफल भएको बताएका थिए ।
कार्यक्रममा जिल्ला विकास समितिको कार्यालय अर्घाखाँचीका कार्यक्रम अधिकृत हरिषचन्द्र भुसाल, जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत लिला गौतम, जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इञ्जिनियर मातृका गौतम, प्रकाश सचेतन समुह-प्राग)का सचिव एवं पूर्ण सरसफाइ अभियानका टोली प्रमुख प्रेमनारायण गैरे, खनदह गाविसका सचिव कमलबहादुर चौहान, आदर्श उच्च माविका प्राचार्य भेषराज खनाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन चौहान, नेकपा -एमाले) जिल्ला कमिटी सदस्य यमलाल खनाल, नेपाली काँग्रेस गाउँ सभापति मोतीबहादुर खनाल, राजमो गाउँ सभापति हरि नेपाली, स्थानीय अभिभावक पुतला खनाल, नारायण खनाल, दलित एवं विपन्न परिवारका प्रतिनिधि रामबहादुर वि.क, महिला समूह कृषि समूहका महिला नेतृहरु लगायतले मन्तव्य राख्दै पहिलो नमुना विद्यालय बन्न सकेकोमा बधाइ एवं सफलताको शुभकामना व्यक्त गरेका थिए ।
बाजागाजा र गाविसका अधिकांश महिला समूहहरु उत्साहजक रुपमा नाराजुलुशका साथ कार्यक्रममा उपस्थित भएका थिए । कार्यक्रममा उपस्थित बालक देखि बृद्धा सम्म सबैले अब सधै चर्पीमा मात्र दिसा पिसाव गर्ने, चर्पी सधै सफा राख्ने, बाहिर कहिल्यै फोहोर नगर्ने, सधै साबुनपानी मात्र हातधुने लगायतका सामूहिक प्रतिवद्धता व्यक्त गरेका थिए ।
यसैगरी सरस्वती प्रावि खनदहले पनि आफ्नो विद्यालय सेवा क्षेत्रलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरी खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने जिल्ल्ााकै दोश्रो विद्यालय बन्न सफल भएको छ ।
विद्यालयका प्रअ खिमानन्द खनालको अध्यक्षता, शिक्षक विजय पोखरेलको संचालन, जिल्ला शिक्षा कार्यालय अर्घर्ााँचीका उपसचिव नरेन्द्र बेल्बासेको प्रमुख आतिथ्यता र अभिभावक दिपा पोखरेलको स्वागत मन्तव्यमा भएको खुल्ला दिसामुक्त क्षेत्र घोषणा कार्यक्रममा बोल्ने बक्ताहरुले यस विद्यालयलाई बधाइ दिनुका साथै अझ बढि सफलता गर्न सकोस भन्ने कामना गरेका थिए ।
यस विद्यालयको सेवा क्षेत्र भित्र रहेको कूल २२४ घरधुरी मध्ये सबैको घरमा पक्की चर्पी निर्माण गर्न र गराउन सफल भएपछि यसरी घोषणा कार्यक्रमको आयोजना गरेर खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।