डिजेल र मट्टितेलको मूल्य २ रुपैयाँ बढ्यो, पेट्रोलको घट्यो
पौष ७ गते, २०६९ मा प्रकाशित
नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ भने पेट्रोलको घटाएको छ ।निगम सञ्चालक समितिको बैठकले शनिबारबाट लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ । यस्तै पेट्रोलमा भने प्रतिलिटर २ रुपैयाँ मूल्य घटाइएको छ ।