राष्ट्रपति रामवरण यादवले सरकार गठन लगायतका विषयमा छलफल गर्न विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दललाई सोमबार बिहान ९ बजे शितल निवास बोलाएका छन् ।यसअघि प्रमुख चार राजनीतिक शक्ति एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चासंग छलफल गरेर सहमतीय सरकारका लागि पाँच पटक म्याद थपिसकेका राष्ट्रपति यादवले यस पटक सबै दलसंग छलफल गरी आगामी कदम चाल्ने निष्कर्षमा पुगेका हुन् । यसैबीच, उनले आइतबार अपरान्ह चारै दलका शीर्ष नेताहरुसंग शितल निवासमा छलफल गरेका छन् । दलहरुबीच सहमतिका लागि भइरहेको प्रयास बारे उनलेले नेतहरुसंग जानकारी लिएको बुझिएको छ ।
राससका अनुसार राष्ट्रपतिको कार्यालयले आइतबार एक सूचना प्रकाशित गरी तत्कालीन संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुलाई भेटघाटका लागि बोलाइएको जानकारी दिएको छ । यादव सोमबार भारत भ्रमणमा पनि जाँदैछन् । उनले पाँचौ पटक थपेको म्याद पनि बिना सकारात्मक परिणाम शनिबार सकिएको छ ।
राष्ट्रपति यादवले अन्तरिम संविधान २०६३ को धारा (१) अनुसार गत मसिंर ८ गते पहिलोपटक सहमतीय सरकार गठनका लागि राजनीतिक दलहरुलाई आह्वान गरेका थिए । उनले पटक