नेपाल पत्रकार महासंघ अर्घाखाँचीद्धारा संधिखर्कमा आयोजित अन्तरक्रियात्मक छलफल/श्रम शोषण गर्ने सञ्चार गृहको सुविधा कट्यौति माग

– शोभाखर पन्थी / गणेश खनाल
न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गोविन्द आचर्यले श्रमजीवि पत्रकारहरुको शोषण गर्ने सञ्चार गृहलाई राज्यले प्रदान गर्ने सुबिधा रोक्नु पर्ने बताएका छन् । 
नेपाल पत्रकार महासंघ अर्घाखाँचीद्धारा संधिखर्कमा आयोजित अन्तरक्रियात्मक छलफल कार्यक्रममा मन्तव्य राख्दै उहाँले गणतन्त्रको स्थापनाको लागि महत्वपूर्ण भुमिका खेल्ने पत्रकारहरु गणतन्त्रको स्थापना पछी झनै असुरक्षित भएको बताउँदै पत्रकारको सुरक्षाप्रति ध्यान पुर्‍याउन राज्यको ध्यानाकर्षा गराउनु भयो । 
पत्रकारमाथी हुने हींसा र हत्या अझै पनि जारी रहेको भन्दै उहाँले दोषीलाई राज्यले कडा कारवाही गर्न नसक्दा दण्दहीनताले प्रसय पाएको बताउनु भयो । 
नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष शोभाखर पन्थीको अध्यक्षता र गणेश खनालको संचालनमा सम्पन्न कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष हिम बहादुर जि.सि. लेकाली लगायतका वक्ताहरुले मन्तव्य राख्दै प्रेस स्वतन्त्रताको पक्षमा आवाज उठाउनु भएको थियो । 
कार्यक्रममा सहभागि पत्रकारहरुले पत्रकार माथीको थिचोमिचो कायमै रहेको,काम अनुसारको पारिश्रमिक पाउन नसकेको, विदा र कसं कोषको व्यवस्था हुन नसकेको लगायतका गुनासाहरु राखेका थिए ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु