निर्वाचन आयोगले तयार गर्दै आइरहेको फोटोसहितको मतदाता नामावलीमा अहिले सम्म एक करोड आठ लाख ६१ हजार २ सय ७ जना नेपालीको नाम दर्ता

निर्वाचन आयोगले तयार गर्दै आइरहेको फोटोसहितको मतदाता नामावलीमा अहिले सम्म एक करोड आठ लाख ६१ हजार २ सय ७ जना नेपालीको नाम दर्ता
निर्वाचन आयोगले तयार गर्दै आइरहेको फोटोसहितको मतदाता नामावलीमा एक करोड आठ लाख ६१ हजार २ सय ७ जना नेपालीको नाम दर्ता गरेका छन् ।
असार मसान्तसम्म दर्ता भई रुजु कार्यसमेत सम्पन्न गरी कम्प्युटरमा एकीकृत नगरिएको एक करोड सात लाख १३ हजार ३ सय २९ जनाको नाम दर्ता भएको छ भने साउनदेखि कात्तिक मसान्तसम्ममा दर्ता भई रुजुको क्रममा रहेको सङ्ख्या एक लाख ४७ हजार ८ सय ७८ रहेको छ ।
आगामी २०७० वैशाखमा हुने संविधानसभा सदस्य निर्वाचनलाई मध्यनजर राखी निर्वाचन आयोगले २०६९ माघ मसान्तसम्म १८ वर्ष उमेर पूरा गरेका नेपाली नागरिकले मतदान गर्न पाउने गरी नामावली सङ्कलनका लागि प्रत्येक गाविस/नगरपालिका, वडा कार्यालयमा बढीमा तीन दिनको कार्यदिन राखी दर्ता टोली पठाउने कार्ययोजना रहेको निर्वाचन आयोगले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक बिदाबाहेक कार्यालय समयमा दैनिकरुपमा दर्ता कार्य सञ्चालन भइरहेको छ ।
फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन छुटेका नेपाली नागरिकलाई नागरिकताको प्रमाणपत्रसहित सम्बन्धित निकायमा आफैँ उपस्थित भई नाम दर्ता गर्नु गराउन पनि आयोगले आग्रह गरेको छ । आयोगले यसकम सहयोग पुर्‍याउन सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा स्थानीय राजनीतिक दलहरुसँग पनि आयोगले अनुरोध गरेको छ ।