नेपाली सेनाका ९२ हजारले हालसम्म संयुक्त राष्ट्र संघीय शान्ति मिशनमा आफ्नो सहभागिता जनाएका छन् भने हाल विश्वका ११ वटा मिशनहरुमा ३ हजार ७ सय ७८ नेपाली सैनिकहरु कार्यरत् छन् ।
प्रधान प्रधानसेनापति गौरव शम्शेर जबराले आइतबार पाँचखालमा आयोजित एक कार्यलाई सम्बोधन गर्दै यो तथ्यांक सार्वजनिक गर्नुभएको हो । संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ कंगो मिशनमा जाने भैरवीदल गण (शा.से.) १८ औं डफ्फाद्वारा पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा प्रस्तुत प्रि-डिप्लोमेन्ट तालिमको निरीक्षण गर्ने क्रममा राणाले उक्त कुरा बताउनुभएको हो ।
प्रधानसेनापति महारथी राणाका अनुसार नेपाली सेनाले विगत ५४ वर्षभन्दा बढी समयदेखि शान्ति स्थापनामा योगदान पुर्याउँदै आएको छ ।
यसक्रममा हालसम्म ९२ हजार सैनिकहरूले ३९ वटा मिशनहरूमा सहभागिता जनाएसकेका छन् । हाल ११ वटा विभिन्न मिशनहरूमा ३ हजार ७ सय ७८ शान्ति सैनिकहरू कार्यरत् रहेको र विश्वका विभिन्न स्थानहरूमा शान्ति कायम गर्ने प्रयाशमा ५८ जना नेपाली सेनाले वीरगति पाएको भन्दै राणाले उनीहरुप्रति श्रद्धान्जली व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा प्रधानसेनापति राणाले नेपाली सेनाका परमसेनाधिपति राष्ट्रपति डा.रामवरण यादवद्वारा दिइएको शुभकामना सन्देशसमेत पढेर सुनाउनुभएको थियो ।