विभिन्न कार्यक्रम गरि अनेमसंघ अर्घाखाँची द्वारा महिला हिंसा विरुद्धको एक महिने अभियान सम्पन्न

– पार्वता श्रेष्ठ 
महिला विरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गरौं,हिंसामुक्त मर्यादित र सभ्य समाजको निर्माण गरौं भन्ने मूल नारा सहित महिला हिंसा विरुद्धको अन्तराष्टिय दिवश नोभेम्बर २५ को सर्न्दर्भ पारेर यस वर्षअखिल नेपाल महिला संघ केन्दिय समितीले एक महिने जनचेतनामूलक र जागरणमूलक कार्यक्रम गर्ने निर्णयगरे अनुसार अनेमसंघ अर्घाखाँचीले पनि विभिन्न कार्यक्रम गरि यो दिवस भवव्यताको साथ एक महिना सम्म मनाई हालै समापन गरेको छ ।
एकमहिना सम्म  जिल्लामा महिला हिंसा सम्बन्धि घटेका घटना संकलन र ती घटनाको समाधान गर्ने ,गा.वि.स र वडा स्तरिय सचेतनामूलक  घरदैलो  कार्यक्रम,गा.वि.स र वडा स्तरिय समिती गठन,विघालय स्तरिय सचेतना कार्यक्रम ,प्रमुख जिल्ला अभिकारी मार्फ प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने लगायतका विभिन्न कार्यक्रम गरि यो दिवस मनाएको छ ।
अभियान समापन भएको सन्भिखर्कमा पत्रकार सम्मेलन गरि अनेमसंघले जानाकारी दिएको थियो । 
समापन कार्यक्रममा अनेमसंघ अञ्चल सल्लाहाकार एवं नेकपा एमाले राष्टिय प्रतिनिधी परिषद सदस्य पवित्रा पौडेल,अनेमसंघ जिल्लार् इर्न्चाज इश्वरा पोख्रेल, नेकपा एमाले जिल्ला कमिटी सदस्य प्रमिला क्षेत्री ,शुसिला गैरे, लिलावति भटर्राई ,पत्रकार हिम बहादुर जि.सी लेकाली,शोभाखर पन्थि, सहयोगी वि.सी. लगाएतको उपस्थिती रहेको कार्यक्रममा अनेमसंघका जिल्ला अध्यक्ष विष्णु आर्चायको अध्यक्षता सचिव सीता श्रेष्ठको संचालनमा कार्यक्रम सम्पन्न भएको छ ।

आफ्नै सूचना :अर्घाखाँची डट्कम् मा आएको केही प्राविधिक खराबीका कारण पछील्लो २४ घण्टामा नियमित समाचार प्रकाशन गर्न सकेका थिएनौ । अब नियमित प्रकाशनमा आएका छौ । कृपया तपाईंसँग पनि कुनै पतिकृया वा प्रकाशन योग्य सामाग्री छन हाम्रो अधिकारिक ईमेल ठेगाना info@sandhikharka.com or umakantapandey@sandhikharka.com मा पठाउनुहुन अनुरोध गर्दछौ । उमाकान्त पाण्डे गाउंले ,- प्रधानसम्पादक – अर्घाखाँची डट्कम्

पत्रकार श्रेष्ठ प्रेस चौतारी अर्घाखाँचीकी अध्यक्ष तथा बिभिन्न सामाजिक संघसस्थामा आबद्द स्वतन्त्र पत्रकार समेत हुन ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु