जंगली हात्तीको आतंकको विरोधमा चितवनको माडीबासीको आन्दोलन जारी

जंगली हात्तीको आतंकको विरोधमा चितवनको माडीबासीको आन्दोलन जारी
जंगली हात्तीको आतंकको विरोधमा चितवनको माडीबासी फेरी आन्दोलित भएका छन् । शनिबार राति कल्याणपुर गाविसमा जंगली हात्तीले सुकुम्बासी बस्तीका ५ वटा घर भत्काएपछि कल्याणपुर गाविसका ३ वटा वडाका वडावासी आन्दोलित भएका हुन् ।
उनीहरुले हात्ती आतंकको विरोधमा आज भरतपुर-माडी-ठोरी सकडखण्डमा यातायात अवरुद्ध गरेका छन् । स्थानियवासीको आन्दोलनका कारण सडकखण्डमा सवारी साधन चल्न सकेका छैनन् । उनीहरुले भत्किएको घरको क्षतिपुर्ती पाउनु पर्ने, आतंक मच्चाउने हात्ती नियन्त्रणमा लिनु पर्ने माग राखेर सडक अवरुद्ध गरेका हुन् ।
यता जंगली हात्ती ध्रुवेको खोजी कार्य भईरहेपनि अझै फेला पार्न सकिएको छैन् । निकुञ्जका प्राविधिक, पशु चिकित्सक, निकुञ्जका सेना र प्रकृति संरक्षण कोषका कर्मचारी दिनरात खटेपनि उपलव्धी हात पार्न नसकेका हुन् । आतंक मच्चाउने ध्रुवे हात्ती निकुञ्जको मुख्यालय कसरा आसपासमा रहेको निकुञ्जले जनाएको छ ।