प्रधानसेनापति गौरवशमशेर राणा पनि ८ दिने भारत भ्रमणमा जानुहुने भएको छ । उहाँ पुस २२ गते भारत जाने कार्यक्रम तय भएको छ । भारतीय सेनाका प्रमुख विक्रम सिंहको औपचारिक निमन्त्रणामा उहाँ राणा भारत जान लाग्नुभएको हो ।
नेपाल र भारतका प्रधानसेनापतिलाई एक अर्को मुलुकको मानार्थ महारथीको उपाधि दिने चलन अनुसार भारतबाट निमन्त्रणा आएको र सैनिक मुख्यालय जंगीअड्डाबाट भ्रमणको कार्यक्रम स्वीकृतिका लागि आएको रक्षासचिव तिलकराम शर्माले जानकारी दिनुभयो । उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने पनि उहाँले बताउनुभयो ।
भारत भ्रमणमा राणाले महानार्थ महारथीको उपाधि ग्रहणसँगै आफ्ना समकक्षी र रक्षामन्त्री एके एन्टोनी लगायतसँग भेटबार्ता गर्ने कार्यक्रम रहेको सैनिक मुख्यालयले जनाएको छ ।