राष्ट्रपति रामवरण यादव ६ दिने औपचारिक भ्रमणका क्रममा भारतमा

राष्ट्रपति रामवरण यादव ६ दिने औपचारिक भ्रमणका क्रममा सोमबार अपराह्न भारत प्रस्थान गरेका छन्। सहमतीय सरकार निर्माणका लागि दलहरुलाई आग्रह गरेको एक महिनासम्म पनि कुनै निकास ननिस्किएका बेला राष्ट्रपतिले भारतमा समकक्षी प्रणव मुखर्जी, प्रधानमन्त्री मनमोहन सिंह, कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धीलगायत नेतासँग उच्च तहको भेटवार्ता गर्दैछन्। 
राष्ट्रपति यादव २३ सदस्यीय भ्रमण टोलीसहित सोमबार बुद्ध एयरको चार्टर विमानबाट वनारस पुगेका छन्। उनलाई लालबहादुर शास्त्री विमानस्थलमा उत्तर प्रदेशका मुख्य मन्त्री अखिलेश यादवले स्वागत गरे। विमानस्थलको अति विशिष्ट कक्षमा राष्ट्रपति यादव र मुख्य मन्त्री अखिलेशबीच आपसी हितबारे केहीबेर अनौपचारिक छलफल भएको थियो। 
साँझ वनारस हिन्दु विश्वविद्यालयका उपकुलपति करण सिंहले राष्ट्रपति यादवको सम्मानमा रात्रिभोज गरे। 
मंगलबार अपराह्न यादवले विश्वविद्यालयका संस्थापक मदनमोहन मालवीयको १ सय ५० औं जन्मजयन्ती समारोहमा भाग लिनेछन्। त्यहाँ उनलाई ‘डाक्टर अफ लेर्टस’ को उपाधिले सम्मान गर्ने कार्यक्रम छ। कार्यक्रममा समकक्षी मुखर्जी र प्रधानमन्त्री सिंह पनि सहभागी हुनेछन्। 
साँझ साढे सात बजे भारतीय राष्ट्रपति र प्रधानमन्त्रीसँगै राष्ट्रपति यादव एबी ३२० को विमानबाट दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ। विश्लेषकका अनुसार भारतीय राष्ट्रपतिले कुनै देशका राष्ट्रप्रमुखलाई आफ्नै विमानमा यात्रा गराउने यो दुर्लभ सम्मान हो।
राष्ट्रपति यादव दिल्लीको जाकिर हुसेन मार्गस्थित होटल ओवरायमा बस्ने कार्यक्रम छ। भ्रमणको दोस्रो दिन बुधबारदेखि राष्ट्रपति यादवले दिल्लीमा राष्ट्रपति, प्रधानमन्त्री, उच्च राजनीतिक दलका नेताहरुलगायत उच्च प्रशासकहरुसँग भेट गर्नेछन्। राष्ट्रपति कार्यालयले जनाएअनुसार दिल्लीमा हुने भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्था, दुई देशबीचका समस्याहरुका साथै एक आपसमा सहयोगबारे छलफल हुनेछ। औपचारिक सन्धि-सम्झौताका कार्यक्रम नरहे पनि राष्ट्रपतिको यो भ्रमणलाई नेपाली राजनीतिमा विशेष मह