नेपाली समाज यूएई खाडी मुलुकमा रहेका नेपाली सस्थाहरुमा सबैभन्दा पुरानो र जेष्ठ हो । खाडी (कुवेत) युद्दताका १९९० मा स्थापित सस्थालाई पटकौ पटक धेरैब्यात्तीले नेत्रित्व दिएका छन । नेपाली समाजको ईतिहासमा केही त्यस्ता धेरै दुरगति समेत भोग्नु परेको तितो यथार्थतालाई हामी कसैले भुल्न सकिदैन । समाजलाई बिबादित गराउदै बिभिन्न बहानामा समाज बिभाजन गर्ने कार्यलाई समेत मिलाएर अहिलेको एक ढिक्का समाजले कुनै सस्था वा ब्यात्ती कसैले आफ्नो निजी स्वार्थ पुरा गर्न वा अन्य कुनै कारणले आरोप लगाउछ भने त्यो अर्थहिन ठहरिन्छ । नेपाली समाज यूएईलाई अहिले बाहिर बजारमा मरेतुल्य छ भनेर प्रचार गर्नु आँफैमा गलत र पराजित मानसिकता हो ।
नेपाली समाज यूएईको केन्द्रिय समिति वा समाजले आयोजना गरेका केन्द्रिय स्तरका कुनैपनि कार्यक्रममा सहभागी नभएका र समाजलाई नजर अन्दाज गर्दै कोठे लेखन मार्फत कुनै सस्था वा ब्यात्तीका प्रवत्ताले आफ्नो कोठे वेबसाइट माफत गलत प्रचार प्रसार गर्न खोज्नु आँफैमा गलत प्रकृया हो ।
यसै हप्ता रियल खबर डट्कम् मार्फत “नेपाली समाज यूएइको खस्किंदो साख” श्रीषकमा प्रकाशित लेख प्रति नेपाली समाज यूएईको केन्द्रिय समितिको ध्यानआकृष्ट भएको छ । नेपाली समाजमा निहित र स्वार्थले प्रवेश गरेका स्वार्थ पुरा गर्न नसक्दा आफुलाई चोखो बनाउन गरिने दुसप्रचारको यथार्थ झलक लेखमा प्रसस्तै देखिन्छ । नेपाली समाज यूएईका निवर्तमान महसचिव प्रकाश कोईरालाको भनाइ उद्रित गर्दै उत्तम अधिकारि द्वारा लेखिएको लेख झुट र कपोकल्पित हो । यस् बाट भ्रममा नपर्न सम्पूर्णमा अनुरोध गर्दछौ । हुनत नेपाली समाज यूएईका गतिबिधी बारे तपाईंहरुले पटकौ पटक संचारमाध्यम मार्फत वा नजिक बाट जान्नु बुझ्नु भएको छ भन्नेमा पनि हामी विश्वस्त छौ । जसरी नेपाली समाज यूएईका स्थापनाका दिन थिए र त्यती बेला जत्ती सकृय समाज थियो अहिले पनि छ र भबिश्यमा पनि सोही मुताविक सन्चालनमा ल्याउन सक्नु पर्छ हाम्रो मान्यता यत्ती मात्र हो । अहिलेको नेपाली समाज यूएईको कार्यक्षेत्र स्थापनाकालमा भन्दा फैलिएर गएको छ । सोही मुताविक कामकाजहरु पनि बडेर गएका छन ।
नेपाली समाज यूएईको वर्तमान कार्य समितिका पदाधिकारी कसैले टिका लगाएर ल्याएका होइनन । नेपाली समाज यूएईमा सुचिकृत सस्थाले पार्सद सदस्य बनाएर पठाएँ पछी सबैको सहभागीताका लागि सस्थाको सिफारिसमा मनोनयन गरिएको हो । लेखमा लेखकले प्रकाश कोइरालाको प्रवत्ता (पिए) बनेर आफुलाई उभ्याएका छन । प्रकाश कोइराला यो लेख प्रकाशन गर्ने समयमा नेपाली समाज यूएईका महासचिव पनि थिएनन । नेपाली प्रवासी संघको सिफारिसमा नेपाली समाज यूएईको महासचिबको रुपमा उनी निर्वाचित भएका हुन । प्रवासी संघबाट प्रतिनिधि भएर आए पछी नेपाली समाज यूएईको बारेमा भन्दा पनि उनलाई आफ्नै संघको चिन्ता थियो यसलाई अन्यथा हामीले लिएनौ । नेपाली समाजको बैठक बसौ भनेर केन्द्रिय समितिका पदाधिकारी लाई खबर गर्नुस् भनेर अध्यक्षले गरेका अनुरोधलाई कुनै वास्ता नगर्ने तथा शारिरिक अस्वस्थता तथा आफ्नो ब्यस्तताको नाटक गरेर समाजलाई समय नदिएको उदाहरण नेपाली समाजका केन्द्रिय पदाधिकारि सग सोधपुछ गरे पनि प्रस्ट हुन्छ । समाजको बारे छलफल गर्न ब्यस्त हुने समयमा बार्बिक्यु तथा अन्य भोजभतेरका रमाइला कार्यक्रममा सहभागी हुने गरेको सामाजिक सन्जालमा उनले गर्ने पोस्ट तस्विरहरुले पनि प्रस्ट पार्दछ । सामाजिक सेवामा लागेको ब्यात्ती सोहो मुताविक नै समाजमा उभिन सक्नु पर्छ भन्ने भनाइ हाम्रो हो , उनको ब्यात्तिगत दिनचर्या माथि हामीले प्रश्न चिन्ह उठाउदैनौ ।
नेपाली समाज यूएईको महासचिवको रुपमा जिम्मेवार पाएको ब्यातीकै असहयोगका कारण कतिपय अवस्थामा समाजमा आबद्द सघंसस्थाले आपत्ति समेत जनाए । सस्थालै खबर – पत्राचार गर्ने क्रममा भएका धेरै गल्ती कमीकमजोरीको जिम्मा कस्ले लिने ? समाजको महत्वपूर्ण पदमा बसेर नेपाली समाजको पत्र प्याडको प्रयोग नगरि नै पत्राचर गर्ने , पत्राचारको सैली पनि नमिल्दो र अशोभनिय देखिने र अन्य संघसस्थाको चित्त नबुझ्ने यि यस्ता प्रसगंको समाजले सामना गर्दै आयो । तर पनि सचिव उमाकान्त पाण्डे गाउंले नेपाल फर्किएर आफ्नो पारिवारिक एवम रोजगारीको समस्याले गर्दा ५ महिना १९ दिन नेपालमै बस्नु पर्ने भएकोले महासचिव माथि कार्बाही वा अन्य केही गर्ने बारे निर्णय गरेनौ । सबै मिलेर जानुपर्छ भन्ने मान्यता नेपाली समाजले राख्यौ । अन्य संघसस्थाले कार्बाही गर्ने आवाज उठाए पनि समाजलाई सहयोग हुने आशामा त्यस्तो निर्णय केही गरेन । तत्कालिन महासचिव कोईराला नेपाली समाज यूएईको वर्तमान कार्य समितिको दुई बर्षेकार्यकालमा एक पटक राजिनामा पत्र देखाउदै धम्की पूर्ण भाषा प्रयोग गर्दै बैठकमा सहभागी समेत भए,र अर्को पटक लिखित रुपमा राजिनामा दिन तयार भएका हुन । पछील्लो पत्रलाई भ्रमपूर्ण समाचार प्रकाशन हुनु अघी गत शुक्रबार नेपाली समाज यूएईको केन्द्रिय समितिको बैठकले उनको राजीनामा पत्रलाई स्वीकृत गरेको थियो । समाजका गतिबिधी बारे लेख्न वा जान्न खोज्नेले राजीनामा दिएको सस्थाको बारेमा जिम्मेवार भएर बोल्ने कुनै अधिकार राख्दैन । जुन बिधानत:उल्लेख छ । र अर्को पत्रकारितामा भर्खरै पाइला चाल्दै गरेका अधिकारिले “पित” पत्रकारिताको बाटो छोपेको प्रस्ट देखिन्छ । पित पत्रकारिता गर्नेहरुले आफुलै चर्चामा ल्याउन अरुको खैरो खन्ने काम गर्छन् । त्यस्तालाई नेपाली व्याकरणमा बाँदरे प्रबिती पनि भन्ने गरिन्छ, “न आफुले गर्ने न अरुलाई गर्न दिने” ।
भूमिका धेरै नबाधी सार्वजनिक रुपमा उत्तम अधिकारि(प्रवासी नेपाली संघ,युवासंघ यूएई)मा सम्लग्न ब्यात्ती हुन । उनले यूएईमा आफ्नो संघको प्रवत्ताको हिसाबमा आफु सम्लग्न संघले गर्ने गरेका बनभोज , भोजभतेर लगयतका समाचार लेख्ने गर्थे । उनको लेखाइमा पारीपक्कता नहुनुको उदाहरण लेखको बिचमा उद्रित गरिएको ब्यात्तीको “फेसबूके” फोटो समेत संलग्न गराउनु, पछी त्यो फोटो निकाल्नु, आफ्नो पारिवारिक ब्लग सन्चालन गरेर स्थापित सस्थाको बारे भ्रमपूर्ण समाचारको प्रचारप्रसार गर्ने ब्याक्तीप्रति नेपाली समाज यूएई र केन्द्रिय पदाधिकारी एवम सदस्यहरुको तर्फबाट सामुहिक घोरभ्रत्सना गर्दछ ।
अहिले चर्चा गरिएका ब्याक्ति प्रकाश कोइरालाको बारेमा पछील्लो पटक नोभेम्बर ३० मा नेपाली समाज यूएईले आयोजना गरेको बिशेष भेला तथा सुचिकृत सस्थाको सामुहिक छलफलकार्यक्रममा समेत धेरैले जिज्ञासा राखेका थिए । उनैको व्यबहार बारे प्रस्टाउदै जनप्रगती शिल मन्चका पुर्व अध्यक्ष उत्तम अधिकारिले भनेका थिए “नेपाली समाज यूएई मुर्दावाद” भनेर हिंड्ने मान्छेलाई नेपाली समाज यूएईको महासचिवको रुपमा निर्वाचित गर्नु हामी सम्पूर्ण संघसस्थाको गल्ती थियो । वास्तममै गल्ती त्यहाबाट सुरु भएको हो भन्ने अहिले आएर सबैलाई महसुस मात्र भएको छ । सोही कारण आजभोली उनी कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी हुन छोडेका छन , यो सबैलाई अवगत भएको प्रसगंहो । गत शुक्रबार दुबइको मेट्रो पार्कमा आयोजना गरिएको समाजको केन्द्रिय बैठक तथा सस्थापक सदस्यहरुको भेलामा पनि कोइरालालाई उपस्थितीको लागि पत्राचार गरिएको थियो । तर उनी उपस्थित भएका थिएनन । भेलाले सर्वसहमतिमा निर्वाचन समिति बनएको हो । सबैको सल्लाह र सहमतिमा निर्णय गरिएको हो र सो निर्णयलाई केन्द्रिय समितिको बहुमतले अनुमोदन गरिसकेको छ । बिधानत गरेका कामकार्बाहीलाई अबैधानिकता भनेर दुस्प्रचार गर्नु तत्कालिन महासचिव प्रकास कोईरालाको अनुशासन हिन र गैर सामाजिक चरित्र हो । त्यसको नेपाली समाज यूएई केन्द्रिय समिति घोर निन्दा एवम भ्रत्सना गर्दछ । सकिन्छ भनेर समाजको अगाडि आएर बहस छलफल गर्नु राम्रो होइन भने भित्र लुकेर भुक्नुले कुनै अर्थ राख्दैन ।
अन्तमा: नेपाली समाज यूएईको वर्तमन कार्यसमिति २ बर्ष अघी सर्वसहमतिले गरिएको थियो । जसको अध्यक्षमा समाजसेवी (स्वतन्त्र ब्याक्ती)तथा यस् अघी पनि नेपाली समाज यूएईमा एक पटक कार्यकाल सम्पन्न गरेका कृष्ण बहादुर ढकाल,उपाध्यक्षमा क्रमश सालीक सुवेदी(जन प्रगती शिल मन्च यूएई- दुबइ नेपाल जनकल्याण राहत प्रतिस्ठान),र होम रानाभाट (स्वतन्त्र) हुन । अध्यक्ष ढकाल यूएईको एतिहासमा स्वच्छ र इमान्दार भएर सामाजिक काम गर्ने ब्यत्तीको रुपमा सबैले मान्दै आएका छन । उपाध्यक्ष सालीक सुवेदीले रसअलखेमा तथा फुजेरा क्षेत्र को जिम्मेवारी पुरा गरिरहेका छन । होम रानाभाटले सुरुकै &am