संविधानसभा पुनःस्थापनाको विषय र एमाओवादीका दाहाललाई प्रधानमन्त्रीका रुपमा स्वीकार्न नसकिने काँग्रेस सुशील कोइरालाको भनाई

काठमाडौ –  नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले संविधानसभा पुनःस्थापनाको विषय टुङ्गिसकेकाले त्यसलाई अब पार्टीले नस्वीकार्ने बताएका छन् । साथै उनले सहमतिको विकल्पका रुपमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीका रुपमा स्वीकार्न नसकिने पनि बताए ।