दस्तावेज लेख्न एमाओवादीका पुष्पकमल दाहाल गुप्तवास

ललितपुर – राजनीतिक दलहरूबीच सहमति नभइरहेको बेला एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल महाधिवेशनका लागि
राजनीतिक दस्तावेज लेख्ने भन्दै बिहीबार ललितपुरको ठेचो गएका छन् ।

उनको निजी
सचिवालयका अनुसार उनी एक निजी निवासमा बसेका छन् । दस्तावेजमा व्यस्त रहेकाले दुई
दिन दलहरूबीच छलफल नहुने भएको छ ।

 
पार्टीले माघ २० गते हुने महाधिवेशनका लागि
दस्तावेज लेख्ने जिम्मा उनलाई दिएको थियो ।
 
‘दुई दिन यतै बस्ने कुरा छ,’ उनका एक
स्वकीय सचिवले भने, ‘उहाँ राजनीतिक दस्तावेज लेखनका लागि यहाँ आउनुभएको हो ।’