शोभाखर पन्थी
अर्घाखाँची – नेकपा माओवादीको आगामी कार्यनिति र रणनितिको बारेमा बिभिन्न खाले चर्चा र परिचर्चा भईरहेको समयमा माओवादीको मगरात राज्य समितिका कार्यकर्ता हरुले पाटीलाई तत्काल संर्घषमा जान सुझाव दिएका छन् ।
जनयुद्धको उद्गम स्थल रोल्पामा संपन्न माओवादीको राज्य अधिवेशनका सहभागी हरुले जनयुद्धका उपलव्धीहरु गुमेको प्रति आक्रोश प्रकट गर्दै ,युद्धकालिन सम्पुर्ण संरचना निर्माण गरेर अगाडी बढ्न पाटी नेतृत्वलाई सुझाव दिए । आफ्नो पाटीमा संर्घर्षशिल र जझारु शक्ति हुदा हुदैपनि पार्टीले ठोस संर्घषका कार्यक्रम तय गरेर अगाडि नबढेको उनीहरुको गुनासो थियो ।
युद्धको समयमा आफुले गोली थापेर बचाएका नेताहरुले सत्तामोहमा लागी पार्टी र क्रान्तीलाई धोका दिएको भन्दै उनीहरुले एकिकृत माओवादीका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री भट्टराई प्रतिको आक्रोश पनि आफ्नै नेतामाथि पोख्दै आगामी दिनमा धोका हुदैन भन्ने ग्यारेन्टी प्रस्तुत गर्न पाटी नेतृत्वलाई दवाव दिए ।
कार्यकर्ताहरुले पार्टीले निर्देशन दिए फेरिपनि बलिदानको लागी तयार हुने बताए । तत्काल क्रान्तीको घोषणा गरेर अगाडी बढ्नुपर्ने उनिहरुको माग थियो । लिवाङ्गमा संपन्न अधिवेशनमा म्याग्दी ,पाल्पा बाग्लुङ्ग, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा ,सल्यान र रुकुमका गरी ९ जिल्लाका ८ सय ७४ प्रतिनिधिहरुको सहभागिता रहेको थियो । अधिवेशनमा पाटीको दस्तावेज र विधान माथी दश ओटा समुह बनाएर छलफल गरिएको थियो । पाटीको दस्तावेज माथी सुरुमा आशंका जनाएका कार्यकर्ताहरुले सचिव देव गुरुङ्गको जवाफ पछि सर्मथन जनाएका थिए ।
अधिवेसनले यहि पौष २५ गते देखि काठमाडौमा हुने पाटीको महाधिवशनका लागी ९२ जना प्रतिनिधि र १७ जन पर्यवेक्षक को निर्विरोध चयन गरेको छ ।
क्रान्तीकारी पत्रकार महासंघ मगरात द्धारा लिवाङ्गमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा माओवादीले राज्य अधिवेशनले लिएका निर्णय सार्वजानिक गरेको थियो ।
कार्यक्रममा नेकपा माओवादी सचिव देव गुरुङ्ग ,पोलिट व्युरो सदस्य ईन्द्र मोहन सिग्देल ,केन्द्रिय सदस्य शन्तोष बुढा मगर, वावुराम नेपाली लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम क्रान्तीकारी पत्रकार महासंघका मगरात संयोजक शोभाखर पन्थीको अध्यक्षतामा संपन्न भएको थियो ।