अर्घाखाँची संपर्क समिति यूएईको बिशेष भेला जनवरी ११ मा हुने

– उमाकान्त पाण्डे गाउले 
अ.खाँ.टा. यूएई डेस्क-अर्घाखाँची संपर्क समिती यूएईको बिशेष भेला जनवरी ११ मा हुने भएको छ । यूएईमा रहेका बिभिन्न सामाजिक संघसस्थाहरु सगं सहकार्य गर्दै पछील्लो थोरै समयमा स्थापित हुन सफल “अर्घाखाँची संपर्क समिति यूएई” को भेला दुबई मेट्रो पार्कमा हुने छ । 
भेलामा “समाजका लागि हामी अर्घाखाँची बासी” भन्ने बिचारका साथ दिनको ठीक ३ बजे आफुलाई उपस्थिती गराउनुहुन यूएईमा रहेका सम्पूर्ण अर्घाखाँची जिल्ला वासीहरुलाई अनुरोध समेत गरिएको छ ।
दैनिक रोजीरोटीको लागि व्यस्त जीवनबाट केही पल निकालेर आफुलाई समाज माझ् आफुसँग भएका बिचार,सुझाब अनी सहयोगका हातहरुका साथमा “JOIN HANDS GROW TOGETHER” भन्ने भावनाको बिकास गर्नु पनि हाम्रो कर्तब्य भएकोले त्यस तर्फ पनि सचेत भएर उपस्थित हुन अनुरोध गरेको छ । 
अहिले सम्म चाहेर पनि समाजसँग पुग्न नसक्नु भएका सम्पूर्ण अर्घेलीहरुलाई हामी अर्घाखाँची जिल्ला बासीको साझा चौतारी “अर्घाखाँची संपर्क समिति यूएई”सम्म आफुलाई जोडनको निम्ती हार्दिक अनुरोध छ संपर्क समितिले अर्घाखाँची डट्कम् लाई प्रेशित गरेको सूचनामा भनेको छ।
सूचनामा अगाडी भनिएको छ “सम्पूर्ण जिल्ला बासीहरुलाई एक आपसमा मेलमिलाप,सहयोग अनी सहकार्य गर्नका निम्ती जनचेतना जगाई हाम्रो अर्घाखाँची जिल्ला लाई देश बिदेशको कुनाकुनामा चिनाउनु हाम्रो कर्तब्य सम्झी,”म” भन्ने शब्द लाई छोडेर “हामी” भन्ने शब्दको बिकास गर्नका निम्ती बनाईएको पवित्र सस्था “अर्घाखाँची संपर्क समिति यूएई” को खास उदेस्यलाई हामी हाम्रो उदेस्य बनाई संस्थाको बिकासमा टेवा पुराउन सम्पूर्ण यूएईमा रहेका अर्घाखाँची जिल्ला बासीहरुलाई अनुरोध गरिएको छ । 
यूएईमा रहेका बिभिन्न संघसस्थामा अर्घाखाँची बासीको बाहुल्यता पाईन्छ । अर्घाखाँची सम्पर्क समिति यूएईले अन्य संघसस्था सगै समन्ययब गरेर सामाजिक काम हरु गरेको छ । यूएईमा अत्यधिक अर्घेली हरु रहेको पाईन्छ । अधिकारिक तथ्याकं नभए पनि बाहुल्यता धेरै छ । त्यसर्थ सम्पूर्ण जिल्ला बासी मिलेर सगंठित हुँदै जाने हो भने भबिस्यमा आउन सक्ने कुनै पनि समस्याको समाधान जिल्लाबासी मिलेर गर्न सकिन्छ । 
भेलामा उपस्थित वा अन्य जानकारी आबश्यक परे बिष्णु पन्थी ०५२-९६३०८७३, दिपक कुवर ०५५-५९६८४३०, चन्द्र सारु ०५५-६७३२०९८, रविलाल खनाल ०५५- ९८४१२५८, बिष्णु प्रसाद आचार्य ०५५-१३१९७८३ , सम्राट धुब्र केसी ०५५-१६७८७४३ लाई संपर्क गर्न सकिने छ ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु