काठमाडौं । भारत भ्रमणबाट फर्केलगत्तै राष्ट्रपति डाक्टर रामवरण यादवले राजनीतिक परामर्श थाल्नुभएको छ । ६ दिने औपचारीक भारत भ्रमण सकाएर हिजो काठमाडौं फर्कनुभएका राष्ट्रपतिले अहिले शिर्ष दलका नेताहरुसँग सामुहिक भेटवार्ता गर्दै हुनुहुन्छ ।
आफनो भारत भ्रमणको क्रममा भएका प्रगति र नेपालमा राजनीतिक सहमतिको लागि दलहरुले गरीरहेका प्रयासबारे राष्ट्रपति र नेताहरुविच छलफल हुने भएको हो । यसअघि हिजो नेपाल फर्कनेक्रममा विमानस्थलमा पत्रकारहरुसंग सक्षिप्त कुरा गर्दै राष्ट्रपति यादवले मुलुकको समस्याको समाधान राजनीतिक दलहरुले नै सहमति गरी टुंग्याउनु पर्ने बताउनुभयो । भारतका राजनीतिक दलका नेताहरुसंग समेत भेटवार्ता गर्नुभएका राष्ट्रपति यादवले नेपालको समस्या नेपालीहरुले नै मिलाउनु पर्नेमा भारतीय नेताहरुले जोड दिएको बताउनुभयो । उहांले आफु नयांदिल्लीमा स्वास्थ्य परिक्षण गराएको र स्वास्थ्य अबस्था ठीक रहेको चिकित्सकहरुले बताएको जानकारी पनि दिनुभयो ।
भारतको वाराणसीमा रहेको वनारस हिन्दू विश्वविद्यालयबाट