मस्तिष्कघात भएर उपचाररत कांग्रेसका चक्रप्रसाद बास्तोलाको अवस्था चिन्ताजनक

कांग्रेस नेता बास्तोलाको अवस्था चिन्ताजनककाठमाडौं  । मस्तिष्कघात भएर सिकिस्त अवस्थामा उपचाररत नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ ।

 

हिजो मस्तिष्कघात भएपछि भारतको सिलिगुडीस्थित जुपिटर अस्पतालमा उनको अपरेशन गरिएको थियो ।

सघन उपचार कक्षमा राखिएका उनलाई आज बिहान भेन्टिलेटरमा राखिएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

 

चिकित्सक डा. सिद्धीराज शर्माले गएराति राति ३ घण्टा लगाएर बास्तोलाको मस्तिष्कमा जमेको रगत सफा गरेका थिए ।

बास्तोलाको अवस्था चिन्ताजनक छ । विराटनगरमा रहेका बेला एक्कासी बेहोस भएपछि उनलाई धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान पु