कांग्रेस चक्रप्रसाद बास्तोलाको अवस्था झन गम्भीर भएपछि थप उपचारका लागि नयाँ दिल्लीमा

झापा  । मस्तिष्क घातबाट पीडित नेपाली कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको अवस्था झन गम्भीर भएपछि थप उपचारका लागि एयर एम्बुलेन्सबाट नयाँ दिल्ली लगिएको छ।

 

तीन दिनदेखि कोमा मा रहेका बास्तोलाको अवस्थामा सुधार नआएपछि उनलाई दिल्लीको मेदान्त अस्पताल लगिएको हो। 

बास्तोलाको भारतको सिलिगुडीस्थित नर्थ बंगाल जुपिटर एमआरआई एण्ड डाइगोनेस्टिक सेन्टरमा उपचार भइरहेको थियो ।