– राम खड्का
सन्धिखर्क, अर्घाखाँची । सरकारी अनुगमन फितलो हुदा सामुदायिक विद्यालय हरुले गुणस्तरिय शिक्षा प्रदान गर्न नसकेको भनी देश व्यापी गुनासो आईरहेको अवस्थामा शिक्षा मन्त्रालय र शिक्षा विभागका उच्च पदस्थ कर्मचारीले अर्घाखाँची जिल्लाको गाउँ-गाउँका सरकारी विद्यालयमा पुगेर शैक्षिक सुधारको बारेमा स्थानिय सरोकारवालाहरु संग अन्तरक्रिया गरेका छन् ।
जिल्ला शिक्षा कार्यलय अर्घाखाँचीको संयोजनमा शिक्षा मन्त्रालयका सहसचिव रामकृष्ण सुवेदी शिक्षा विभागका निर्देशक कमल प्रसाद पोख्रल उपनिर्देशक रामशरण सापकोटा लगायतका आधा दर्जन भन्दा बढी कर्मचारीहरुले जिल्लाको सारदा मावि ढिकुरा जनता कृष्ण उच्च मावि पकले शान्ती उच्च मावि धारापानी शिवमदन उच्च मावि सतिनेटा विद्या विनोद मावि अड्गुरी लगायतका विद्यालयमा शिक्षक अभिभावक र स्थानिय सरोकार वाला हरु संग शैक्षिक सुधारको बारेमा छलफल गरेका छन् ।
मन्त्रालय र विभागका उच्च अधिकारी हरु संग स्थानिय बासिन्दाहरुले निम्न माध्यमिक माध्यमिक र उच्च माध्यमिक तहमा विद्यार्थी सख्याको अनुपातमा दरबन्दी वृद्धि गर्नुपर्ने विद्यालय भवन खानेपानी सुविधा विज्ञान प्रयोगशालाको स्थापना गर्नुपर्ने लगायतका मागहरु राखेका थिए । साथै अभिभावक हरुले अनुगमन र मुल्याङ्गकनको कामलाई थप प्रभावकारी बनाउन पनि माग गरेका छन् ।उनीहरुले २ बर्षयता जिल्लाको एस् एल सि परिक्षामा चिट चोर्ने परिपाटीको पुर्ण रुपमा अन्त्य भएपछि विद्यार्थीहरुको पढाई प्रति थोरै चासो बढेको बताए ।विद्यार्थी हरुलाई उपलव्ध गराउने छात्रवृद्धिको रकम थोरै भएको उनिहरुको गुनासो थियो । छुट्टीको समयमा पनि विद्यालयमा गएर पढाउने शिक्षकलाई पुरस्कारको व्यवस्था गरिनु पर्ने उनीहरुको माग थियो ।
यसैबिच मन्त्रालय र विभागको टोलीले जिल्लको सदरमुकाम संन्धिखर्कमा जिल्ल स्थीत राजनितिक दलका प्रमुख पेशागत संगठनका प्रमुख अभिभावक संघ नागरिक समाजका प्रतिनिधि लगायत संग शैक्षिक सुधारको बारेमा अन्तरक्रियात्मक छलफल कार्यक्रम संपन्न गरेको छ ।
कार्यक्रममा मन्तव्य राख्दै शिक्ष मन्त्रालयका सहसचिव रामकृष्ण सुवेदीले शिक्षा क्षेत्रमा रहेका समस्या समाधान गर्न मन्त्रालयले राष्ट्रपति यादव सक्षम अध्यादेश पेश गरेको बताउनु भयो । राष्ट्रपति बाट अध्यादेश पारित भएमा अधिकांश शैक्षिक र शिक्षकका पेशागत समस्या समाधान हुने उहाको भनाले एस् एल सि परिक्षमा अर्घाखाँचीले गरेको सुधार देशकै उदाहरणीय भएको भन्दै राम्रो नतिजाको लागी सरोकार वालाको ध्यानाकर्षण गराउनु भयो ।
शिक्षा विभागका निर्देशक कमल प्रसाद पौडेल उप निर्देशक राम शरण सापकोटाले दरबन्दी मिलान नभएको कारण शैक्षिक योजना कार्यन्वयनमा समस्या शिर्जना भएको बताउनु भयो । माध्यमिक तहमा प्राविधिक श्रिक्षा प्रदान गर्ने तयारीमा सरकार लागेको उहाहरुको भनाई थियो । जिल्ला शिक्षा अधिकारी मित्रमणी खनाल को अध्यक्षता मा सम्पन्न कार्यक्रमा एकिकृत नेकपा माओवादीका चन्द्र बहादुर खड्का उज्जवल राज्य समितीका सचिवालय सदस्य ठाकुर कुमार बि.क. किशोर , नेपाली कांग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसाल नेकपा एमालेका जिल्ला अध्यक्ष रामजी प्रसाद घिमिरे राष्ट्रिय प्रतिनिधि परिषद सदस्य नरेन्द्र कुमार क्षेत्री , राष्ट्रिय जनमोर्चाका जिल्ला सहसचिव पशुपति ढकाल राप्रपाका जिल्ला अध्यक्ष देवि बहादुर खड्का एकिकृत क्रान्तीकारीका जिल्ल सचिव डिलाराम पाण्डे, राष्ट्रिय जनमुत्ति पाटीका टोप बहादुर बलाल लगायतका वक्ताहरुले मन्तव्य राख्दै गुणस्तरिय शिक्षाको लागी भौतिक र शैक्षिक समस्या समाधानको लागी राज्यका ध्यानकार्षण गराए ।
कार्यक्रममा नेपाल शिक्षक युनियनका अध्यक्ष यादव प्रसाद घिमिरे शैक्षिक गणतान्त्रीक मंचका अध्यक्ष शुवास चन्द्र बन्जाडे ,नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बावुराम आचार्य, अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष मान बहादुर पाण्डे , अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष नवराज पोख्रल, अखिल नेपाल शिक्षक संघका सचिव दल बहादुर केसि लगायतले मन्तव्य राख्दै जिल्ला भित्रका शैक्षिक समस्या बारे मन्त्रालयका उप सचिव र विभागका निर्देशकको ध्यानाकर्षण गराएका थिए ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may
not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक
गर्नुस्।