– कृष्ण खनाल
बुटवल – पछिल्लो समयमा पुरुषहरु हिंस्रक बन्दै गएपछी महिला हिंसाका घटनाहरुमा वृद्धि भएका छन । मंसिर महिनामा लुम्बिनी अञ्चलका सम्पुर्ण जिल्लाहरुको तथ्याङ्कलाई केलाउदा महिला हिंसाको घटनाहरु बढ्दै गएको पाइएको छ ।
खासगरी महिला हिंसाका घटनाहरमा जबरजस्ती करणी देखि मदिरा सेवन गरी श्रीमतीलाई कुटपीट गर्ने तथा खान लाउन नदिई घरबाट निकाला गरेको सम्मका घटनाहरु हुने गरेको प्रहरी प्रशासनको तथ्याङ्कले देखाएको छ ।
भर्खर मात्र वितेको मंसिर महिनामा लुम्बिनी अञ्चलमा तथ्याङ्कलाई विश्लेशण गर्दा सवैभन्दा बढि महिला हिंसा हुने जिल्लाको रुपमा गुल्मी जिल्ला रहेको पाइएको छ । जिल्ला प्रहरीकार्यालय गुल्मीका प्रमुख डिएसपी गुरुविष्णु काफ्लेका अनुसार जिल्लामा अघिकांस महिला हिंसाका घटनाहरुमा श्रीमान्ले खान लाउन नदिएको तथा मादक पदार्थ सेवन गरी श्रीमती माथि कुटपीट गर्ने घटनाहरु बढि मात्रामा रहेको जानकारी दिए । यसको अलवा जिल्लामा बहुपत्नी विवाह गर्ने बोक्सीको आरोप लगाउने सम्मका घटानहरु घटेका छन ।
मंसिर महिना यता गुल्मी जिल्लामा महिला हिंसा सम्बन्धी १३ वटा निवेदनहरु दर्ता भएका थिए । ति निवेदनहरुमा कुटपीटका घटना सम्बन्धी सबैभन्दा बढि ९ वटा परेका छन । त्यस्तै खानलाउन नदिएकोमा भन्दै ३ निवेदन परेका छन भने १ गाली गलौच गरेको सम्बन्धी निवेदन परेको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका असई भेष बहादुर घमका अनुसार मंसिर महिनामा जम्मा १० वटा महिला हिंसा सम्बन्धी मुद्वाहरु दर्ता भएका छन । त्यसमा झुण्डीएर आत्महत्या रहेका ३ वटा विष सेवन गरी आत्महत्या गरेहको ३ वटा र जवरजस्ती करणीको १ वटा मुद्वा दर्ता भएको छ । त्यस्तै वाल विवाह १ वटा, जरजस्ती उद्योग गरेको १ वटा, सार्वजानिक अपराध गरेको १ वटा र कर्तव्य ज्यानको १ वटा मुद्वा दर्ता भएका छन ।
त्यस्तै पुस महिनामा गुल्मी जिल्लामा चोरीको आरोपको २ वटा निवेदन दर्ता भएका छन । बोक्सीको आरोप लगाइएको भन्दै १ वटा र कुटपीटको २ वटा निवेदनहरु दर्ता भएका छन । त्यस्तै गालीगलौच गरेको र खान लाउन निदिएको भन्दै महिलाबाट १