– प्रेमनारायण आचार्य
जुकेना, अर्घाखाँची । अर्घाखाँचीको जुकेना गाविसको वाड न. ४ खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएको छ ।
त्यस्तै वाड न. ८ को भानु प्राबी, वाड न. ९ को सिद्धार्थ निमाबि र वाड न. ५ को दुर्गा प्राब्रीको सेबा क्षेत्र पनि खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएका छन ।
खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएको खुसियालीमा स्थानीय बासिन्दाहरु पञ्चेबाजा बजाएर छमछमती नाचेका छन ।
सबै स्थानमा छुटा छुटै औपचारिक कार्यक्रमको आयोजना गरि खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएका हुन । कार्यक्रममा स्थानीय बिकास अधिकारी हेमराज भुसालले खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरि सरसफाइको क्षेत्रमा १ स्टेप फड्को मारेकोमा धन्यबाद ब्यक्त गरेका थिए ।
रेडक्रस सोसाइटीको आयोजनामा जुकेना गाविसलाइ पुर्ण सरसफाइ कार्यनवयन गरि खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने निर्णय अनुसार १ वटा वाड र ३ वटा बिद्यालयको सेबा क्षेत्रलाइ खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको नेपाल रेडक्रस सोसाइटीका जिल्ला उपसभापति कुशल भुसालले बताउनु भयो ।
कार्यक्रममा गाविस सचिब हकहित संरक्षण केन्द्र अर्घाखाँचीका अध्यक्ष चन्द्रप्रसाद बन्जाडे , श्रोत ब्यक्ति भोजराज आचार्य, एमाओबादीका प्रकाश ज्ञवाली सन्देस, नेपाली काग्रेसका जिल्ला सदस्य छबिलाल पौडेल, राजनितिक दलका स्थानीय अगुवाहरु म्णि अधिकारी, तुल्सी पौडेल, तिलक भाट क्षेत्री, स्थानीय शान्ती समिति जुकेनाका संयोजक चन्द्रमणि बेल्बासे लगायतले मन्तब्य राखेका थिए ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।