चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तरगतको वीर अस्पतालका निर्देशक डा.बुलन्द थापाले विरुद्ध आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
पटकपटक अनियमित कार्य, अनुसाशनहिनता र भ्रष्टाचार गरी वीर अस्पताललाई धरासायी बनाईरहेको आरोपमा अस्तालर्क कमर्चारीले तत्काल छानविन गरेर कारवाहीको मागसहित अख्तियारमा उजुरी दिएका हुन् ।
पटक पटक मादक पदार्थ सेवन गरी हप्तौसम्म कार्यालयमा अनुपस्थित रहने, नियम विपरीत ३० जना कर्मचारी दैनिक ज्यालादारी, मासिक ज्यालादारी नियुक्ति गरी कामकाज गराईरहने, कमिशन लिने गरेको उजुरी पत्रमा उल्लेख छ ।
अस्पतालको विभिन्न ठाउँमा रहेका भौतिक संरचना भारत सरकारको सहमति वेगर भत्काई उक्त थानमा आफू निकटलाई विना टेन्डर कोठा, ग्रिल, झ्याल लगाउन दिएर कमिशन लिएको पनि उजुरीमा छ ।
इमर्जेन्सीमा भोलेन्टियरमा कार्यरत वि.एन.विनीता देवकोटालाई रजला डंगोल नाम गरेको स्टाफ नर्सको स्थानमा नियुक्ति गरी काममा लगाएको पनि निर्देशक डा.थापालाई आरोप लागेको छ ।
मितिः २०६९।९।१८
श्री अख्तियार दुरुपयोग अनुसन्धान आयोग
टंगाल, काठमाण्डौ ।
विषयः छानविन गरी कारवाही गरीपाऊँ ।
महोदय,
प्रस्तुत विषयमा यस चि.वि.रा.प्र. वीर अस्पतालका निर्देशक डा.बुलन्द थापाले पटकपटक अनियमित कार्य, अनुसाशनहिनता र भ्रष्टाचार गरी वीर अस्पताललाई धरासायी बनाईरहेकाले निज निर्देशकलाई तत्काल छानविन गरी कारवाही गरी पाऊँ ।
तपसिल
१. पटक पटक मादक पदार्थ सेवन गरी हप्तौसम्म कार्यालयमा अनुपस्थित रहने र कार्यालय आएपछि अनुपस्थित रहेको समयको हाजीर गर्ने ।
२. नियम विपरित ३० जना कर्मचारी दैनिक ज्यालादारी, मासिक ज्यालादारी नियुक्ति गरी कामकाज गराईरहेको, निजहरुसँग कमिशन लिने गरेको ।
३. स्वास्थ्य मन्त्रालयबाट वीर अस्पतालमा सरुवा गर्दा चि.वि.रा.प्र.को सहमती हुनुपर्नेमा निर्देशक थापाले सम्वन्धित व्यक्तिसँग रकम लिई आफै सहमती गरेको ।
४. अस्पतालको विभिन्न ठाउँमा रहेको भौतिक संरचना भारत सरकारको सहमती वेगर भत्काई उक्त स्थानमा आफु निकटलाई विना टेन्डर विभिन्न कोठा, ग्रिल, झ्याल लगाई कमिशन लिने गरेको ।
५. वीर अस्पतालमा दरवन्दी रही अध्ययन विदामा वसेका कर्मचारीहरुको नाममा प्रतिष्ठानको सहमती वेगर निर्देशक थापाले आफै सहमती दिई टिप्पणी उठाई मन्त्रालयमा पेश गरी न्यूरो सर्जरीमा १ जना, ओ.टी.मा दुर्गा थापा १, प्याथोलोजीमा १ जना नियम विपरित नियुक्ति गरी कामकाज लगाएको ।
६. वीर अस्पताल इमर्जेन्सीमा भोलेन्टियरमा कार्यरत वि.एन.विनिता देवकोटालाई रजला डंगोल नाम गरेको स्टाफ नर्सको स्थानमा निर्देशक थापाले आफै टिप्पणी उठाई मन्त्रालयलाई गुमराहमा राखी प्रतिष्ठानको सहमती भन्दै नियुक्ति गरी काममा लगाएको ।
७. २०६८ सालमा राष्ट्रिय सतर्कता केन्द्रले वीर अस्पतालका निर्देशक डा.बुलन्द थापाले अनियमित तरिकाले ९१ जना कर्मचारी भर्ना गरी अस्पताललाई रु. १ करोड घाटा पुर्याएको हुँदा सो कर्मचारी निकाली सो बरावरको रकम असुलउपर गर्न २०६८।४।२६ मा निर्देशन दिएको । तर हालसम्म कार्यान्वयन नभएको ।
८. प्रतिष्ठानले निर्देशक थापालाई नियम विपरित कर्मचारी भर्ना नगर्न पत्राचार गरेतापनि निर्देशकले अटेर गरेको ।
९. अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निर्देशक थापा विरुद्ध विभिन्न उजुरीहरु माथि छानविन भइरहेको ।
१०. मिति २०६९।९।४ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीर अस्पतालका निर्देशकले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई अनियमित गरेकाले अनुचित कार्य ठहर गर्दै ९ लाख १० हजार तिर्न निर्देशन दिएको र निज निर्देशकलाई विभागीय कारवाही गर्न प्रतिष्ठानलाई निर्देशन दिएकोमा हालसम्म कार्यान्वयन दिएको ।
११. केही दिन अघि श्रेष्ठ थर भएकी एक युवतिलाई मेडिकल स्टोरमा कम्प्युटर अपरेटरको रुपमा नियुक्ति गरेको ।
१२. २०६४ सालमा निर्देशक थापा हाडजोर्नी विभागमा कार्यरत रहँदा सुष्मा थापा नाम गरेकी विरामीको लापरवाही पूर्वक उपचार गरेका कारण निजको खुटृा काट्नु परेको हुँदा निजलाई ९ लाख २० हजार तिर्न पुनरावेदन अदालत पाटनबाट फैसला भएको तर निजले हालसम्म उक्त रकम नतिरेको ।
१३. २०६९।७० को विभिन्न टेन्डरहरु हालसम्म व्यापारीसँग मिली टेन्डर नगर्ने, भएको टेन्डर स्वीकृत नगरी व्यापारीको मिलोमतोमा कोटेशनमा सामान मगाई अस्पतालको ठूलो रकम हिनामिना गरेको हुँदा निज निर्देशकमाथि तत्काल छानविन गरी कारवाही गरी पाऊँ ।
१४. अधिवक्ता जगन्नाथ मिश्रले निर्देशक बुलन्द थापाले २०६७।६८ सालमा अनियमितता गरेको भनी सतर्कताले निर्णय गरेको तर वीर अस्पताल प्रतिष्ठानले कारवाही नगरेका कारण निर्देशक बुलन्द थापालाई कारवाही गरी रकम असुलउपर गर्न सर्वोच्च अदालतमा रिट दायर गरेकाले निजलाई तत्काल निलम्वन गरी कारवाही गरी पाउँ ।
वीर अस्पतालमा कार्यरत कर्मचारी ।