स्वीट्जरल्याण्डको पूर्वी जेनेभामा एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउदां तीन जना महिलाको मृत्यु

स्वीट्जरल्याण्डको पूर्वी जेनेभास्थित दाइलोन इन भालीस कान्टोन गाउंमा एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउदां तीन जना महिलाको मृत्यु भएको छ भने अरु धेरै घाईते भएका छन् ।

 

घटनापछि बन्दुकधारीले आफुमाथि पनि गोली हान्न खोजेकोमा प्रहरीले उसलाई गोली हानेर नियन्त्रणमा लिएको थियो । बन्दुकधारीले २० राउण्ड भन्दा बढी गोली हानेको बताइएको छ ।

 

गोली हान्नुको कारण भने खुल्न सकेको छैन । अनुसन्धानपछि ३३ वर्षिय बन्दुकधारी पहिलाको मानसिक रोगी र अहिले लागू पदार्थ दुव्र्यसनी रहेको प्रहरीले जनाएको छ । स्वीट्जरल्याण्डमा तुलनात्मक रुपमा उदार बन्दुक सम्बन्धी कानुन रहेको मानिन्छ । यहां प्रत्येक स्वीस पुरुषले सेनाको तालिम लिनु पर्छ भने त्यसपछि बन्दुक घरमा राख्न पाउने व्यवस्था रहेको छ ।

 

– Agencies