– हरिप्रसाद नेपाली
लोडसेडिङ्ग मुक्त जिल्ला घोषणा गरिएको अर्घाखाँचीका जनता अहिले लोडसेडिङ्गबाट आत्रान्त बनेका छन् ।
केही महिना पहिले लोडसेडिङ्ग मुक्त जिल्ला घोषणा गरिएको अर्घाखाँचीका जनताले अहिले दैजिक ६ घण्टा लोडसेडिङ्गको मार खेपिरहेका छन् ।
लोडसेडिङ्ग मुक्त जिल्ला घोषणा गरिएको जिल्लामा समेत विधुत कटौती गर्नु लज्जास्पद भएको जिल्लाका व्यवसायीहरुले बताएका छन् । लोडसेडिङ्गका कारण व्यापार व्यवसाय तथा सामान्य जनजीवजमा समेत प्रत्यक्ष प्रभाव परेको छ ।
सार्वजनिक तालिका अनुसार आइतबार बिहान ५ देखी ८ सम्म र बेलुका पनि ५ देखी ८ बजेसम्म अर्घाखाँची अन्धकार हुनेछ । त्यस्तै सोमबार विहान ६ बजेदेखी ९ बजेसम्म अनि दिउँसो २ देखी ५ वजेसम्म बत्ति जानेछ । त्यसैगरी मंगलबार विहान ७ देखी १० सम्म र साँझ ३ देखी ६ वजेसम्म अर्घाखाँचीका जनताले बत्ती पाउनेछैनन । त्यस्तै बुधबार विहान १० देखी १ र बेलुका ६ देखी ९ बजेसम्म विद्युत कटौती हुनेछ । त्यसैगरी विहिवार विहान ११ देखी २ र साँझ ७ देखी १० बजेसम्म लाईन काटिने छ । त्यस्तै शुक्रबार विहान ६ देखी ९ र साँझ २ देखी ५ अनि शनिवार विहान ६ देखी १० र दिउसो ३ देखी ६ वजेसम लोडसेसिडङ्ग हुनेछ ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।