अमेरिकी नागरिकलाई कर छल्न सघाएको आरोपमा स्वीजरल्याण्डको पुरानो मध्येको एक बैंक सधैका लागि बन्द हुने

अमेरिकी नागरिकलाई कर छल्न सघाएको आरोपमा स्वीजरल्याण्डको पुरानो मध्येको एक बैंक सधैका लागि बन्द हुने भएको छ । अमेरिकी अदालतले कर छल्न सघाएको आरोपमा दोषी ठहर गरेपछि बैंक सधैका लागि बन्न हुने भएको हो ।


सन् १७४१ मा स्थापना भएको वेगेलिन नामक बैंकले अमेरिकी अदालतको झण्डै ५८ विलियन डलर जरिवाना स्वीकार गर्दै बन्दको घोषणा गरेको जनाइएको छ ।


अमेरिकी अदालतले सो बैंकले झण्डै एकसय अमेरिकीलाई १ दशमलव २ बिलियन डलर लुकाउन सहयोग गरेको अभियोग प्रमाणित गर्दै दोषी ठहर गरेको हो ।


अमेरिका स्वतन्त्र भएको घोषणा हुनु भन्दा ३५ बर्ष अगाडी स्वीजरल्याण्डको सेन्ट ग्यालेन शहरमा वेगेलिन नामक बैंक स्थापना भएको थियो ।
 

 

– एजेन्सी