– प्रेमनारायण आचार्य
अर्घाखाँची । अर्घाखाँची किसान ट्याक्टर समिति अर्घाखाचीको आज एक कार्यक्रमका बिच औपचारिक रुपमा उद्घाटन गरिएको छ । उद्योग बाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले ट्याक्टर समितिको कार्यलयको उद्घाटन गर्नु भएको हो ।
कार्यक्रममा उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, कपिलबस्तु किसान ट्याक्टर समितिका अध्यक्ष शंकर पौडेल, एकिकृत नेकपा माओबादीकि छमकुमारी खनाल, नेपाली काग्रेसका जिल्ला सचिब लोकेन्द्र बिक, एमालेका सचिबालय सदस्य सरोज भुसाल, राष्ट्रिय यातायात मजदुर भलाइ कोषका बरिष्ट उपाध्यक्ष मित्रबन्धु नयौपाने, देउराली यातायात ब्यबसायी समतिका कोषाध्यक्ष भेसबहादुर बिसी, पत्रकार महासंघका सचिब प्रेमनारायण आचार्य लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
अर्घाखाँची ट्याक्टर समिति र राष्ट्रिय यातायात मजदुर भलाइ कोष बुटबलको आयोजनामा सवारी दुर्घटनाबाट बचौ र बचाऔ भन्ने नाराका साथ बढ्दो सवारी दुर्घटना न्युनिकरण प्रशिक्षण कार्यक्रम पनि सम्पन्न भएको छ ।
सवारी दुर्घटना न्युनिकरण प्रशिक्षण कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यलयका प्रहरी सहायक निरिक्षक रुद्रबहादुर फुयाल र जिल्ला प्रहरी कार्यलयका प्रहरी नायक निरिक्षक मोहन खड्काले प्रशिक्षण दिनु भएको थियो ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।