गाह्रो हुन्छ मलाई किन?किन? बस्न उनी बिना एकपल पनि
खै कसरी भनुँ उनी सामु मनको कुरा पनि ?
कता-कता डर लागेर आउछ कहिं कतै उनी रिसाउछिन कि भनी |
धेरै पटक बोल्न खोजे तर छैन उनी सँग बोल्न पाएको
धेरै पटक भन्न खोजे मनको कुरा तर छैन उनि सँग भन्न पाएको
आज म त भन्छु तिमीलाई मैले मन पराए म तिमीलाई माया गर्छु
तिम्रै लागि बाँच्छु तिम्रै लागि मर्छु |
गर्न आउँदैन मलाई धेरै माया प्रिती का कुरा सायद यही मेरो कमजोरी हो
तिमीले हुन्छ भने हुन्छ भन हुन्न भने हुन्न भन
किनकी आज मलाई तिम्रो माया मा तड्पीएर बाँच्न झन्-झन् गाह्रो भो |