सिन्धुली । सिन्धुलीमा कारागार घटनाको विषयलाई लिएर सदरमुकाम सिन्धुलीमाडीमा आज चौथो दिन पनि प्रदर्शन जारी छ । आफन्तको प्रदर्शनमा नेपाली कांग्रेसले साथ दिए पछि आज चौथो दिन पनि सिन्धुलीमाडी बन्द भएको हो । दोषीलाई कारवाही र पिडितलाई क्षतिपूर्तीको माग गर्दै गरिएको बन्दका कारण यातायात र बजार ठप्प बनेको छ ।
सिन्धुलीस्थित जिल्ला कारागारमा गत बिहीबार भएको झडपमा कमलामाई नगरपालिका वडा नम्बर १ का निरज देवकोटाको मृत्यु भएपछि तनाव उत्पन्न भएको हो ।