खाचिकोट, अर्घाखाँची । खाचिकोट गाबिसको २२औ गाउँ परिषद सम्पन्न भ्एको छ।
प्रमुख अतिथी जिबिसका कार्यक्रम अधिकत नेत्र प्रशाद खनालबाट उद्घाटन गरिएको उक्त कार्यक्रमको गाउँ परिषदको अध्यक्षता गाबिस सचिब मणी राम भट्टराईले गरेका थिए । साथै कार्यक्रमको सन्चालन बिष्णु प्रसाद मरासिनिले गरेका थिए ।
खाचिकोटको फुदबाङ बजारमा रहेको जेनिथ ईंग्लिश बोर्डडिङ्को प्रगागणमा सम्पन्न कार्यक्रममा जिल्ला स्थित राजनितिक दल ने .का का बैकल्पिक जिल्ला सचिब लोकेन्द्र बि क , नेकपा एमाओबादिका बाबुराम बि क ‘सेबक ‘,एमालेका जिल्ला उपाध्यक्ष जनार्दन खनाल ,रा ज मो जिल्ला सचिब थम्मन के सी लगायतका जिल्ला नेताहरुले गाउँ परिषदको शुभकामना दिएका थिए ।
बोल्ने अधिकान्स नेताहरुले परिषदले गाउँका दुरदराजमा बस्ने स्थानिय बासिहरुको समस्यालाई पहिलो प्रथामिकतामा राखी योजना बनाएर बजेटको बिनियोजन गर्नुपर्ने र कुनै पार्टी बिशेष र कार्यकर्तालाई फाईदा हुने भन्दा पनि प्रत्क्ष्य जनतालाई लाभ हुने क्षेत्र र बिषयमा बजेट केन्द्रित हुनु पर्ने भन्दै टोल र बस्तीलाई छुने र बजेटको सही सदुपयोग हुनु पर्नेमा जोड दिएका थिए ।
उक्त कार्यक्रममा अर्घाखाँची डट्कमका सस्थापक प्रमुख मेहर सिंह के.सी को समेत उपस्थिती रहेको थियो।
कार्यक्रममा स्थानिय स्तरका राजनीतिक दलका प्रतिनिधिहरु नेकपा ए माओवादीका बाबुराम आचार्य, नेपाली काङ्रेसका बिष्णु प्रसाद भुसाल, राजमोका पितावम्बर भट्टराई, नेकपा एमालेका लक्ष्मण कडेल, रा.प्र.पाका नेत्र बहादुर सारु, भुपु गाविस अध्यक्ष सिद्दी प्रशाद ज्ञवाली, समाज सेवी दिपक शाह, महिला प्रतिनिधि गीता के.सी , गाउँ महिला सन्जाल प्रतिनिधि बिष्णु देवी भट्टराई लगायतले शुभकामना र आफ्नो विचार व्यक्त गरेका थिए ।
साथै गाबिसको गत वर्ष २०६८/६९ को आय ब्यय ४८ लाख ३१ हजार ५ सय ४२ रुपैया रहेको र यस वर्ष २०६९/७० को प्रस्ताबित अनुमानित बजेट ४० लाख १ हजार तीन सय चालिस रुपैया आम्दानी र खर्चको विवरण गाविस सचिव मणिराम भट्टराईले प्रस्तुत गरेका थिए । र यो वर्षको नेपाल सरकारबाट प्राप्त बजेट १९ लाख ६० हजार रुपैयालाई गाविसको विभिन्न बिकास योजनाहरुमा विनियोजन सहितको खाका प्रस्तुत गरेका थिए।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।